• १६ भदौ २०८१, आइतबार

एक लाख ३० हजार भक्तजन देवघाटमा

blog

शालिग्राम नेपाल 

देवघाट (चितवन), साउन २९ गते । तीन जिल्लाको सङ्गम देवघाटधाम मेलामा साउन महिनामा एक लाख ३० हजार भक्तजन सहभागी भएका छन् । 

साउन पहिलो साता सामान्य भक्तजन सहभागी भएको मेलामा त्यसपछिका सोमबार बाेलबम आउनेको सङ्ख्या वृद्धि भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । 

‘पहिलो सोमबार भक्तजन खासै सहभागी हुन सकेका थिएनन्, सिमलतालमा बस दुर्घटना भएपछि त्रासले धेरै सहभागी हुन सकेको थिएन’ कार्यकारी निर्देशक बरालले भन्नुभयो, ‘त्यसपछि सहभागीको सङ्ख्या वृद्धि भएर आयो ।’

अन्तिम सोमबार मात्र ५० हजार भक्तजन सहभागी भएको हाम्रो विवरणमा उल्लेख छ, उहाँले भन्नुभयो । अन्तिम सोमबार बिहान ४ बजेदेखि स्नान गर्न भक्तजन आउनुभएको थियो । देवघाटधाममा चितवन, नवलपरासी, मकवानपुर, तराका जिल्ला, भारतको विहार, उत्तर प्रदेश, रुपन्देहीलगायतका स्थानबाट भक्तजन आउने गरेको देवघाट क्षेत्र विकास समितिले जानकारी दिएको छ । 

स्नान गर्न आउने भक्तजनलाई नाउ, उद्धार टोली, बाेटको व्यवस्था, आपतकालीन सुरक्षाका सबै उपाय अपनाएको थियो ।