• १६ भदौ २०८१, आइतबार

उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

blog

नेपाली कांग्रेसका सांसद गगनकुमार थापा ।

काठमाडौँ, साउन २९ गते । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले महिला, आदिवासी जनजाति, दलित, मधेसी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसद थापाले ती समुदायका अधिकारलाई संस्थागत गर्दै सङ्घीयतालाई अझ सुदृढ र समृद्ध बनाउनुपर्ने बताउनुभयो । 

सङ्घीयता, गणतन्त्र, समानुपातिक निर्वाचन प्रणालीलाई अझ समावेशी बनाउनुपर्नेमा जोड दिँदै सांसद थापाले पछाडि फर्किने छुट कसैलाई नभएको बताउनुभयो । भुटानी शरणार्थी र सहकारी ठगीमा मुछिएकालाई कारबाही गर्नुपर्ने माग गर्दै सांसद थापाले असल काम गरेमा सरकारको प्रशंसा र गलत गरेमा आलोचना हुने बताउनुभयो । 

उहाँले सहकारी, मल र दुधको समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारसँग माग गर्नुभयो । “प्रत्येक मन्त्रालयसँग जोडिएका साना-साना काम छन्, ती पूरा गर्न बेग्लै स्रोत साधन पनि चाहिँदैन माननीय मन्त्रीज्यूको इच्छाशक्ति भए पुग्छ, आवश्यक कानुन तत्काल निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो । वर्तमान सरकार गठन भएका बेला गरिएका सहमतिका आधारमा जनचाहना अनुसार काम हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले अनियमितता सम्बन्धी सबै फाइल खोलेर दोषीमाथि छानबिन हुनुपर्ने माग गर्नुभयो । रासस