राजदूतबाट कुलो उद्घाटन
स्विस सरकारको साना सिँचाइ आयोजना अन्तर्गत सङ्घ, प्रदेश, स्थानीय सरकार र उपभोक्ता समितिको लागत साझेदारीमा सम्पन्न कुलोको नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डेनियल म्युली र सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।
यातायात कार्यालयको सेवा सुरु
सर्लाहीको सदरमुकाम मलङ्गवामा यही मङ्सिर १७ गते उद्घाटन भएको यातायात व्यवस्था कार्यालयले बुधबारदेखि सेवाग्राहीलाई सेवा प्रदानगर्न सुरु गरेको छ । कार्यालयले तत्कालका लागि स
नागरिकता बनाउनेको भिड
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नागरिकता प्रमाणपत्र बनाउनेको भिड बढ्दै गएको छ ।सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य र सम्बन्धविच्छेदलगायतका घटनाले नागरिकता बनाउनेको भिड बढेको कार्यालयले जनाएको छ । कार्यालयले नागरिकता बनाउन चार ठाउँमा व्यवस्था गरे पनि भ्याइनभ्याइ भएको कर्मचारीको गुनासो छ ।
नौ वर्षीया वालिकालाई जबरजस्ती करणीको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ
बालिकालाई जबरजस्ती करणी गरेका आरोपमा तनहुँको एक वृद्ध पक्राउ परेका छन् । शुक्ल गण्डकी नगरपालिकाका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् ।
जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित
बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहर पनि बढ्दै गएको छ ।
‘संस्कृति शक्तिशाली कूटनीति’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संस्कृति शक्तिशाली कूटनीति भएको बताउनुभएको छ । विदेशी पर्यटकलाई लक्षित गर्दै सांस्कृतिक संस्थानले सुरु गर्न लागेको साप्ताहिक सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को घोषणा तथा पत्रकार सम्मेलनमा बुधबार बोल्दै मन्त्री किरातीले भन्नुभयो, “भाषा र संस्कृतिलाई कुनै पनि मुलुकको सिमानाले रोक्न सक्दैन । संस्कृति भनेको शक्तिशाली कूटनीति हो ।”
नेपाल आइपुगिन् दीपिका
एल साल्भाडोरमा हालै सम्पन्न ‘मिस युनिभर्स–२०२३’ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ग्यारेट नेपाल आइपुग्नुभएको छ । नेपाल आइपुग्नुभएको दीपिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उहाँलाई सचेतनाका निर्देशक सरोज ओझाले नेपालमा स्वागत गर्नुभयो । निर्देशक ओझाले दीपिकालाई स्वागत गर्दै नेपालको नाम विश्वसामु चर्चामा ल्याउन सफल भएकोमा धन्यवाद दिनुभयो ।
बेपत्ता युवकलाई खोज्न सेतीको ड्याम खोलिँदै
पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकलाई खोज्न सेती नदीको ड्याम खोलिने भएको छ । उपचारका लागि मणिपाल अस्पतालमा भर्ना हुनुभएका १९ वर्षीय सङ्गम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि सम्पर्क विहीन हुनुहुन्छ ।
तरकारी बिक्री गर्न बिहानै नेपालगन्ज पुग्छन् थारू महिला
गाउँघरमा उत्पादन भएको विषादी नहालिएको अर्गानिक तरकारीको माग सहर बजारमा बढ्दै गएपछि नेपालगन्ज वरिपरिका ग्रामीण क्षेत्रका महिला एकाबिहानै तरकारी लिएर नेपालगन्ज पुग्ने गरेका छन् । अर्गानिक तरकारीको बिक्री र माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा तरकारी खेती गरेर राम्रो कमाइ गर्न थालेका हुन् ।