‘बेदिङ गो’ हिमाल चढ्न नयाँ बाटो
हिमाल आरोहीको गाउँ भनेर चिनिने दोलखाको गौरीशङ्कर गाउँपालिका–९, बेदिङका पर्वतीय पथप्रदर्शक ४५ वर्षीय पासाङकिदर शेर्पाले यहाँको छ हजार १२५ मिटर अग्लो ‘बेदिङ गो’ नामक हिमाल आरोहण गर्ने ‘नर्थ वेस्ट रिच’ नयाँ बाटो पत्ता लगाउनुभएको छ ।
‘राष्ट्रिय सुरक्षा र प्रतिरक्षा थप सबल’
रक्षामन्त्री मानवीर राईले मुलुकको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षा थप बलियो बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।
पोलियो अन्त्यका लागि अभियान सञ्चालन गरिने
रोटरी इन्टरनेसनलले पोलियो अन्त्यका लागि अभियान सञ्चालन गर्ने भएको छ । सोमबार रोटरी इन्टरनेसनलले आयोजना गरेको पत्रकार सम्मेलनमा रोटरीले पोलियो अन्त्यका लागि अभियानसहित सात वटै प्रदेशमा पोलियोविरुद्ध जनचेतना कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइयो ।
विचाराधीन विधेयक टुङ्ग्याउन सभामुखको पहल
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा विचाराधीन विधेयक चाँडो टुङ्ग्याउन समिति सभापति र दलका प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।
पूर्वगृहमन्त्री रविको बयान जारी
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।
२३८ मृतकका परिवारलाई राहत वितरण
असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण आएको बाढीपहिरो र डुबानलगायत विपत्का घटनामा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले राहत वितरण सुरु गरेको छ ।
सरकारी वेबसाइटमा एकरूपता ल्याउने तयारी
सरकारले सबै सरकारी कार्यालयका वेबसाइट समान प्रकृतिका बनाउने भएको छ ।
नेपालमा पटका भित्रिने जोखिम
यो वर्षको तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी कडा बन्देज लगाइने भएको छ ।
'ललितकला प्रज्ञा प्रतिष्ठानमा एकरूपता हुनुपर्छ'
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका प्रतिष्ठानहरूको काममा एकरूपता हुनुपर्नेमा जोड दिनुभएको छ ।
पेट्रोल पम्प निर्माणको काम अघि नबढाउन उच्च अदालतको आदेश
कास्कीको पोखरा महानगरपालिका-६ रत्नपुरीमा नेपाल प्रहरीले बनाउँदै गरेको पेट्रोल पम्प निर्माण अगाडि नबढाउन उच्च अदालत पोखराले मङ्गलबार अन्तरिम आदेश दिएको छ ।
नारायणगढ-बुटवल सडक : विस्तारको सात वर्षमा पनि अवस्था उस्तै
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
भैरहवामा घुम्ती शिविर
रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाकाले उद्योगी व्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ति शिविर सुरु गरेको छ । नगर क्षेत्रभित्र रहेका उद्योग एवम् व्यवसाय फर्मको दर्ता, व्यवसाय कर, नवीकरणसम्बन्धि सबै सेवा वडा, टोलबाट प्रदान गर्नेगरी शिविर सञ्चालनमा ल्याइएको नरपालीका राजश्व शाखा प्रमुख कमलकान्त खनालले जानकारी दिनुभयो ।
बदाम उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम
पाँच मुरी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम दिने भएको छ । कृषकलाई बदाम उत्पादनमा अझै हौसला मिलोस् भनेर नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम दिन लागेको हो ।
पाँच झोलुङ्गे पुल निर्माण
स्याङ्जामा एक वर्ष भित्रमा पाँच वटा झोलुङ्गे पुल बनाइएको छ । यहाँको भीरकोट नगरपालिकामा तीन वटा, गल्याङ्ग नगरपालिका र अर्जुन चौपारी गाउँपालिकामा एक–एक वटा निर्माण गरिएको हो ।
टिनका टहराबाट मुक्त भए वेदकोटका पौरखी मुक्त कमैया
वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ । त्यतिबेला उहाँलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो ।
धारापानी-झिनडाँडा सडक स्तरोन्नति हुँदै
सदरमुकाम बेनीसँग धवलागिरि गाउँपालिकालाई जोड्ने बेनी-दरबाङ-ताकम-मुना सडक योजना अन्तर्गत धवलागिरि गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको कामले गति लिएको छ ।
अभद्र व्यवहार गरेको आरोपमा दुई पक्राउ
ताप्लेजुङमा अभद्र व्यवहारको आरोपमा दुईजना युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका –४ का २१ वर्षीय प्रदीप पौडेल र वडा ८ का निश्चल गुरुङ पक्राउ परेका हुन् ।
‘एमालेलाई प्रचण्डले लाञ्छना लगाउन सुहाउँदैन’
नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विवादास्पद व्यापारीको घरमा बसेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेविरुद्ध लाञ्छना लगाउन नसुहाउने बताउनुभएको छ ।
विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै
विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ वार्षिकोत्सव पर्सी बिहीबार विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइँदै छ ।
तनहुँ जलविद्युत आयोजनाको मुआब्जा वितरण कार्य अन्तिम चरणमा
हालसम्म करीव ९८ प्रतिशत प्रभावितलाई मुआब्जा वितरण गरि सकेको आयोजनाले जनाएको छ ।
दसैँ–तिहारलाई कोसेली कर्णालीको स्याउ
आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ ।
घटालथानको निर्माण अलपत्र
प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५-२०७६ मा एक करोड ४२ लाख रुपियाँ बराबरको काम गरिएको थियो ।
पहिरो पीडितलाई नगद सहयोग
खजुगल गाउँपालिका–१ र ४ र लिसंखुपाखर गापा–३ मा पहिरोले परिवारका सदस्य गुमाएका पहिरो पीडितलाई सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले नगद सहयोग गरिएको छ ।
टिप्परले गर्दा सडक जीर्ण
सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण तीन वर्षअघि कालोपत्रे गरिएको घोराही–कमिरेचौर सडकखण्ड जीर्ण बनेको छ ।