• १० कात्तिक २०८१, शनिबार

भैरहवामा घुम्ती शिविर

blog

श्यामशङ्कर पाण्डे

लुम्बिनी, कात्तिक ६ गते । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाकाले उद्योगी ब्यबसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सुरु गरेको छ । नगर क्षेत्रभित्र रहेका उद्योग एवम् व्यवसाय फर्मको दर्ता, व्यवसाय कर, नवीकरणसम्बन्धी सबै सेवा वडा, टोलबाट प्रदान गर्नेगरी शिविर सञ्चालनमा ल्याइएको नरपालीका राजस्व शाखा प्रमुख कमलकान्त खनालले जानकारी दिनुभयो । 

उहाँका अनुसार यो शिविर आगामी मङ्सिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुनेछ । शिविर सबै वडास्तरमा सञ्चालन गरिनेछ । शिविरको सुुरुवात गर्दै सिद्धार्थनर नगरपालीका प्रमुख ईस्तियाक अहमद खाँले दर्ता, इजाजत नलिई सञ्चालन भइरहेका वा लामो समयदेखि नवीकरण नगरेका व्यवसायीलाई घुम्ती शिविरमार्फत लाभ लिन आग्रह गर्नुभयोे ।

उहाँले व्यवसाय कर दर्ता नभएका वा व्यवसाय कर बक्यौता बुझाउन बाँकी रहेका फर्मलाई आगामी पुस मसान्तसम्मका लागि लाग्ने जरिवानामा शतप्रतिशत र करमा आंशिक छुट रहेकाले समयमा सो छुट सुविधाको उपभोग गर्न समेत आग्रह गर्नुभयो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सिद्धार्थनगरको १६ औं नरसभाबाट स्वीकृत नीति तथा कार्यक्रम बमोजिम आर्थिक बर्ष २०८१–८२ लाई कर सहभागिता वर्ष घोषणा गरिएको र यसलाई प्रभावकारी बनाउन शिविर सञ्चालन गरिएको बताउनुभयो ।