आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।
आमा सम्झाउने ‘मातृचक्र’
सङ्घर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएका छन् ।
औषधीको मूल्य समायोजनका लागि सुझाव समिति गठन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध हुने गरी मूल्य समायोजन आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव समिति गठन गर्नुभएको छ ।
गोलभेँडाको मूल्य हालसम्मकै उच्च
पछिल्ला केही दिनयता उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपियाँ पुगेको छ ।
विद्युत् व्यापार तथा नीतिगत सुधारमा सरकार सफल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकार ऊर्जा क्षेत्रको दिगो विकास गर्ने लक्ष्य लिएर अघि बढेको बताउनुभएको छ ।
साउदी अरबमा ‘करारका श्रमिकमाथि ‘एजेन्ट’ को शोषण’
साउदी अरबमा रहेको क्यारेफोरहरूमा करारमा काम गर्ने आप्रवासी श्रमिकमाथि साउदीको श्रमिक भर्ती गर्ने एजेन्टबाट आर्थिक, शारीरिक र मानसिक शोषण हुने गरेको एक अध्ययनले देखाएको छ ।
बिपी राजमार्गको धुलिखेल भकुण्डेबेसी खण्ड सञ्चालनमा
असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको धुलिखेल भकुण्डेबेसी खण्ड २४ घण्टा सञ्चालनमा आएको छ । यसअघि सो राजमार्ग बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सञ्चालनमा रहेको थियो ।
दुग्धजन्य पदार्थ आयात प्रतिबन्धलाई यथावत् राख्न माग
डेरी उद्योगीले भारतलगायतका देशबाट दुध तथा दुग्धजन्य पदार्थ आयातमा लगाएको प्रतिबन्धलाई यथावत् राख्न आग्रह गरेका छन् ।
मुख्य चाडबाडमै घट्यो आयात
नेपालीहरूको मुख्य चाडबाड दसैँतिहारको समयमै आयात घटेको छ ।
सङ्कटमा हिउँचितुवा
नेपालको हिमाली भेगमा मात्र पाइने हिउँचितुवालाई हिमालकी रानी मानिन्छ ।
फिलिपिन्समा आँधीबाट १४ जनाको मृत्यु
फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ । हजारौँ विस्थाति भएका छन् । उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरूसमक्ष पुग्ने प्रयास गरेका थिए ।
लोपोन्मुख हिउँ चितुवा संरक्षणको केन्द्रमा राख्न माग
विश्वमा दुर्लभ मानिएको वन्यजन्तु हिउँ चितुवा संरक्षणलाई नेपालले प्राथमिकतामा राखेर बाघको संरक्षणमा कमाएको सफलताजस्तै हिउँ चितुवाको संरक्षणमा पनि सफलता प्राप्त गर्नुपर्नेमा जोड दिइएको छ ।
चार लाख नगदसहित २० जुवाडे पक्राउ
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् ।
कांसाहोप ताल पर्यटकको गन्तव्यस्थल बन्दै
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी भङ्गेटारमा स्थानीयले श्रमदानबाट निर्माण गरेको कांसाहोप ताल पर्यटकीय गन्तव्य स्थल बन्दै गएको छ ।
पाक्न लागेको धान असिनापानीले सखाप
आइतबार साँझ एकाएक भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ ।
तिहार नजिकिएसँगै मादल बनाउने चटारो
धनकुटा नगरपालिका –१ हिलेका छोटे (छविलाल) सार्कीलाई यतिबेला मादल बनाउन भ्याइ नभ्याइ छ । नेपालीको दोस्रो महान चाड तिहार नजिकीएसँगै उहाँसहित उहाँको परिवारलाई मादल बनाउन चटारो भएको हो ।
ढोरवाराही धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गर्न पहल थालिएको छ । नगरपालिकाले नगरभित्रकै प्रमुख धार्मिकस्थल ढोरवाराही मन्दिरको विकासका लागि पहल थालेको हो ।
गाउँ जोड्ने कृषि सडक सञ्चालन
वर्षाले अवरुद्ध भएको ग्रामीण तथा कृषि सडक सञ्जाल सञ्चालनमा आएको छ ।
कैदीबन्दीले उत्पादन गरेको मुढाले बजार पाएन
जिल्ला कारागार शाखा म्याग्दीमा उत्पादन भएको मुढाले बजार नपाउँदा कारागारका कैदीबन्दी चिन्तित भएका छन् । कैदीबन्दीले आफ्नो सीप अनुसारको मुढा उत्पादन नगरे पनि बजारीकरणको समस्याले मुढा थन्किन थालेपछि मुढा उत्पादन कमी गरेका छन् ।
सरकारी निकायबिच समन्वय नहुँदा छ वर्षदेखि योजना अलपत्र
बन कार्यालय, लेटाङ नगरपालिका र सङ्घीय खानेपानी आयोजना बिच समन्वय हुँदा नसक्दा दुई वर्षमा सम्पन्न हुने आयोजना ६ वर्ष बित्न लाग्दा पनि सम्पन्न भएको छैन ।
सवारीसाधन दुर्घटनामा एकको मृत्यु, दुई घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा नं. ९ टिकौली जङ्गलमा गए राति दुई वटा ट्रक र एउटा ट्याङ्कर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती
घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त हुनुहुन्छ । “लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उहाँले व्यावसायिक रूपमा मौरीपालन थाल्नुभएको १६ वर्ष पूरा भयो ।
विपद्पछिको पुनः निर्माणमा सरकार गम्भीर छ: भौतिक मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद्पछिको पुनः निर्माणमा सरकार गम्भीर भएर लागेको बताउनुभएको छ ।
कथा लर्बरायो (निबन्ध)
हेलो भाइबहिनीहरू, नमस्ते । यहाँ सुरुमै मैले तपाईंहरूलाई दुई वटा परिचित शब्दले अभिवादन गरेँ ।