थाइल्याण्डका प्रधानमन्त्री श्रेथाको पद जोखिममा
फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे यसै हप्ता आउने थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाभिसिन पदमा रहन नसक्ने सम्भावना बढेको छ ।
बिहारको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातको मृत्यु, नौ जना घाइते
भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् ।
परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्छ : उद्योगमन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रूपमा विकास गरिनुपर्ने बताउनुभएको छ ।
महिन्द्राको 'युभो टिच प्लस' ट्रयाक्टर नेपालमा
बहुराष्ट्रिय कम्पनी महिन्द्रा समूह अन्तर्गतको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले उत्पादन गरेको नयाँ ट्रयाक्टर ‘युभो टिच प्लस’ नेपाल भित्रिएको छ।
कर्णाली राजमार्गमा निरन्तर पहिरो, पन्छाउन सकस
कर्णालीको जुम्ला र कालिकोट खण्डमा निरन्तर पहिरो गइरहेको छ । निरन्तरको पहिरोले राजमार्गमा बर्खा याममा सकस भएको हो ।
सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण
सहजपुर-बिपीनगर-बोगटान सडक कालोपत्रे गर्ने काम सम्पन्न भएसँगै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको छ । निर्माणाधीन सहजपुर-बिपीनगर-बोगटान सडकको ५० किलोमिटर पिएलआर-कुमार जेभीले निर्माण गरेको हो ।
सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला
टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलता जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरू सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन् ।
नहर भत्किँदा धानखेतीमा क्षति
गत असार अन्तिम साता आएको बाढीले महाकाली सिँचाइ तेस्रो चरणको नहर भत्किँदा मटेनाका स्थानीयका धानखेती र घर जोखिममा परेका छन् । असारपछिको वर्षाले स्थानीयको धानखेती कटान हुन थालेको छभने चार घर जोखिममा परेका छन् ।
गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी गर्दै रिमाल
गैँडाकोटका किसान गोपीचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपनमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गर्नुभएको हो ।
पिण्डेश्वर बाबाधाममा भक्तजनको घुइँचो
पिण्डेश्वर बाबाधाममा यो वर्ष पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनको अधिक भीड लागेको छ ।
सम्बन्ध बिच्छेदमा करिब करोड खर्च
गत आर्थिक वर्ष २०८०–८१ मा म्याग्दी जिल्ला अदालतमा पेश भएका सम्बन्ध बिच्छेदका मुद्दाका लागि झण्डै एक करोड रुपियाँ कानुनी सहायताका लागि पीडितहरुले भुक्तानी गरेका छन् ।
दैनिक २० सवारीसाधन कारबाहीमा
पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत मध्यपहाडी लोकमार्ग हेम्जाको सडक ‘भाइरल रोड’ को नामले परिचित छ ।
गलेश्वरधाममा भक्तजनको घुइँचो
म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबारसम्म करिब एक लाख भक्तजनले दर्शन गरेका छन् । साउन महिनाभरी मन्दिरमा भक्तजनको घुइँचो देखिएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसमविद् सरोज पुडासैनाले जानकारी दिनुभयो ।
खानेपानीको मूल्यवृद्धि फिर्ता
धरान खानेपानी बोर्डले केही समयअघि वृद्धि गरेको खानेपानी महसुलको मूल्य फिर्ता गरेको छ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ देखि लागु हुनेगरी साउन १ गतेदेखि खानेपानी महशुलमा वृद्धि गर्ने निर्णय गरेको थियो ।
ठुलीभेरीमा बहाब बढ्यो, सतर्क रहन आग्रह
अविरल बर्षाका कारण ठुलीभेरी नदीको बहाव अत्यधिक बढेको छ । डोल्पा हुँदै आउने ठुलीभेरी नदीको बहाव बढिरहेकाले सतर्क रहन नदी किनारका वासिन्दालाई बिशेष अनुरोध गरिएको छ ।
स्वास्थ्यकर्मीले नै बोकेर पु-याए सुत्केरीलाई घर
गाउँमा युवा नभएपछि खोटाङमा सुत्केरी महिला र बच्चालाई स्वास्थ्यकर्मीले नै बोकेर घर पु-याइदिएका छन् । अहिले गाउँका अधिकांश युवा वैदेशिक रोजगारले सहर वा विदेश पुगेका छन् । गाउँमा बुढापाका र महिला मात्र बाँकी हुँदा स्वास्थ्य संस्थाबाट सुत्केरी महिला बोकेर घरसम्म ल्याउने युवाको अभाव छ ।
एकीकृत प्रणालीबाट चाँडो विकास सम्भव
चिचिला गाउँपालिका सङ्खुवासभाका १० स्थानीय तहमध्ये भूगोल र जनसङ्ख्याको हिसाबले सबैभन्दा सानो स्थानीय तह हो । साबिकको दिदिङ र मत्स्यपोखरी गाउँ विकास समितिलाई समेटेर बने
बालबालिकामा मेरुदण्ड बाङ्गो हुने समस्या
प्रत्येक वर्षको जून महिनालाई ‘स्कोलियोसिस’ जनचेतना महिनाका रूपमा मनाउने गरिएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई ‘स्कोलियोसिस’ भनिन्छ । मानिसको शरीरलाई मेरुदण्डले अड्याउँछ । शरीरको पछाडि गर्धनदेखि कम्मरमुनिसम्म पुगेको ठाडो हाड नै मेरुदण्ड हो । स्कोलियोसिस अर्थात् मेरुदण्ड बाङ्गो हुने समस्या धेरै कारणले हुने गर्दछ । यस्तो समस्या धेरै जसो साना बालबालिकामा देखिन्छ । यो जन्मिँदादेखि नै भएको हुन सक्छ । धेरै जसो १० वर्ष उमेर ना
बिरामी बोक्न स्ट्रेचर र झोलुङ्गोको भर
वर्षाले बारम्बार डाँडापाखा र खोलाको बाटो बिगारेर यातायात सञ्चालन नहुँदा सर्लाहीको चुरे भेगका स्थानीयको दैनिकी असाध्य कष्टकर बनेकोे छ । चुरे भेगका बस्ती पर्ने यहाँको चार पालिकामा खोलाबाट सञ्चालन हुने यातायातका साधन अहिले पूर्ण रूपमा ठप्प छन् । चुरेपाखाका बासिन्दा वडा कार्यालय, बजार, स्वास्थ्य संस्थालगायतका ठाउँमा आउँदा घण्टौँसम्म पैदल हिँड्न बाध्य छन् ।
बलेफी–३ मा क्यानोनिङ र रक क्लाइम्भिङ सुरु
बलेफी गाउँपालिका–३ चिलाउनेस्थित ठूलो छाँगा(झरना)मा ‘क्यानोनिङ र रक क्लाइम्भिङ’ सुरु भएको छ । उक्त छाँगामा प्रशिक्षकहरुले तालिम दिन थालेपछि क्यानोनिङ र रक क्लाइम्भिकको मज्जा लिनेको घुँइचो लाग्ने गरेको स्थानीय युवा प्रितम गोले तामाङले जानकारी दिनुभयो ।
लिमीमा पत्ता लाग्यो नयाँ झरना
नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको हल्जी गाउँको उत्तरतर्फ पर्ने काँच्यो क्षेत्रमा नयाँ झरना पत्ता लागेको छ । सो क्षेत्रमा रहेको ताल हेर्न जाने क्रममा लिमीको हल्जी गाउँका स्थानीयले सो झरना पत्ता लगाएका हुन् ।
उच्च प्रविधियुक्त स्याउ खेतीतर्फ आकर्षित मनाङी
मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको एग्रो मनाङले ७ सय ३५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर व्यावसायिक स्याउ खेती गरिरहेको छ ।
बडीगाड पहिरोपीडितको दुःख : गाउँमा खानेपानी र विद्युतकाे समस्या
पहिरोले प्रभावित बागलुङको बडीगाड गाउँपालिका–९ र १० का विभिन्न बस्तीमा विद्युत् सेवा र पिउने पानीको समस्या भएको छ । गत मङ्गलबार आएको पहिरोका कारण लघुजलविद्युत् आयोजना र खानेपानी योजनामा क्षति पुगेका कारण सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो । पहिरोका कारण यहाँका धेरै बस्ती जोखिममा परेका छन् । दर्लिङखोला लघुजलविद्युत् आयोजनाको मुहान र कुलोमा पहिरोले क्षति पु¥याएपछि वडा नम्बर ९ र १० का करिब एक हजार दुई सय घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरले बताउनुभयो ।