• १० कात्तिक २०८१, शनिबार

दासको ‘आफ्नै स्वार्थ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ७ गते । निर्देशक रोशन दासको ‘आफ्नै स्वार्थ’ बोल गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा ध्रुव विश्वकर्माको स्वर, रोशन दासको शब्द र राजन कार्कीको सङ्गीत रहेको छ । गीतमा सुभास गजुरेल, गीताश्री थापा, नारायण विक, अनुस्कृति घिमिरे, दिपेश घिमिरे, सरिता कठायत, सम्राट दास, सरिता ढुङ्गाना, अग्नि सुवेदी, रेश पोख्रेल र दीप्तप्रकाश अधिकारीको अभिनय छ । भिडियोमा हरिप्रसाद ढकालको छायाङ्कन र फुर्बा लामाको सम्पादन रहेको छ । रेज इन्टरटेनटमेन्ट युट्युब च्यानलमार्फत भिडियो मङ्गलबार सार्वजनिक गरिएको हो ।