• १० कात्तिक २०८१, शनिबार

मोडल हन्टको आवेदन खुला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ७ गते । नेक्स्ट मोडल्स नेपालले मोडल हन्ट नेपालको नवौँ संस्करणका लागि आवेदन खुला गरेको छ । प्रतियोगितामा सहभागी हुन १६ देखि २८ वर्ष उमेरका पुरुषका लागि पाँच फिट छ इन्च र महिलाका लागि पाँच फिट दुई इन्च उचाइ हुनुपर्ने जनाइएको छ ।

प्रतियोगिताको प्रारम्भिक चरणको छनोट प्रक्रिया मङ्सिर ७ बाट सुरु हुने जनाइएको छ । प्रतियोगीलाई सबिता कार्कीले कोरियोग्राफी सिकाउनुहुने छ । एक महिनाको प्रशिक्षण क्रममा सहभागीको व्यक्तित्व विकाससम्बन्धी तालिम दिइने जनाइएको छ ।