• १० कात्तिक २०८१, शनिबार

रिज्योनाको ‘फूल टिपी’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ७ गते । शङ्कर अधिकारी घायलको शब्द, लक्ष्मण पोखरेलको सङ्गीत र रिज्योना कार्कीको स्वर रहेको म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक भएको छ । गीतको सङ्गीत संयोजन अशोक थापाले गर्नुभएको छ । भिडियोमा गाउँकी छोरीको जीवनशैली र परम्परागत पहिरनलाई प्रस्तुत गरिएको छ । हाइटेक इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा अञ्जना तामाङको अभिनय छ । सोसल मिडियामा सव्रिmय अञ्जनाले टिकटक र रिल्समा राम्रो पहुँच राख्दै मोडलिङसँगै तरकारी व्यवसाय सञ्चालन गर्नुहुन्छ । 

भिडियोको निर्देशन र कोरियोग्राफी कविराज गहतराज, छायाङ्कन दुर्गा पौडेल र सम्पादन मनोज कार्कीले गर्नुभएको छ । म्युजिक भिडियो हाइटेक इन्टरटेनमेन्ट र चोकस म्युजिकको सहकार्यमा निर्माण गरिएको हो ।