टिपताला नाका खुलाउने प्रयास जारी
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला नाका खुलाउने विषयमा दुई देशका स्थानीय पदाधिकारी तथा नेतृत्वबीच छलफल भएको छ ।
तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका –७ कालीथान मेलामा तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । कालीथान मेला व्यवस्थापन समितिको आयोजनामा स्थानीय धान खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा नेपाल र भारतका कुस्ती खेलाडीको सहभागीता थियो ।
सहमतिमा गणेश–लक्ष्मी मूर्ति विसर्जन रुट निर्धारण
तिहारपछि नेपालगन्जमा राखिने गणेश र लक्ष्मीको मूर्ति विसर्जन कार्यलाई सदभाव र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न धार्मिक सद्भाव समिति बाँकेले वडा प्रहरी कार्यालय नेपालगन्जसँग छलफल गरेर विसर्जनको बाटो निर्धारण गरेको छ ।
‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियानमा सुधार
नेपालगन्ज उपमहानगरपालिकालाई सफा र स्वच्छ राख्न होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ बाँकेले सञ्चालन गरेको ‘आफ्नो फोहोर आफ्नै डस्टविन’ अभियान प्रभावकारी देखिएको छ ।
दुईवटा नगरबस सञ्चालनमा ल्याइँदै
मुगुको छायाँनाथ रारा नगरपालिकाले दुईवटा नगरबस सञ्चालनमा ल्याउने भएको छ । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले आफ्नो चुनावी नारामा प्रतिबद्धता गरेअनुसार नगरपालिकाको कार्यक्रम अन्तर्गत सुविधायुक्त बस सञ्चालनमा ल्याउन लागेको बताउनुभयो ।
राप्ती नदी तर्दै पर्यटक
चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्र घुमेर आएका पर्यटक काठको डुङ्गाबाट राप्ती नदी तर्दै । तिहार र छठ पर्वको बिदामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्र घुम्नेको सङ्ख्या बढेको छ ।
केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु
केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ । केन्यामा अल निनो वर्षाका कारण कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् । आन्तकि क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताउनु भयो ।
संस्कृति जोगाउन दलित समुदाय अग्रसर
देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ ।
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हँुदा भैँसीसँग ठोक्किन पुगेको थियो ।