• २६ वैशाख २०८२, शुक्रबार

अन्नपूर्ण आधार शिविरको सुन्दर पञ्चकुण्ड ताल

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, वैशाख २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको सुन्दर पञ्चकुण्ड ताल । यो ताल समुन्द्री सतहबाट चार हजार १ सय मिटर उचाइमा रहेको छ । करिब २० हजार वर्गमिटरमा क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ । 

आधार शिविर पुगेका पर्यटक हिमालको फेदीमा रहेको आकाशे निलो रङको पानीले भरिएको तालको अवलोकन गरेर आनन्द लिने गर्दछन् ।