जङ्गली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी
नवलपुरमा जङ्गली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । गए राती देवचुली नगरपालिका २ दुम्कौलीका धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेको नवलपुर प्रहरीले जनाएको छ ।
सांस्कृतिक रुझानको ‘लाखे आजु’
राजधानीको नेवाः समुदायमा लाखेलाई सांस्कृतिक नृत्यका रूपमा लिइन्छ । इन्द्रजात्राका बेला राजधानीमा लाखे नचाइन्छ ।
शर्माको ‘धोबीघाट मेलोडी’
लिटिल एन्जल्स स्कुलका प्रधानाध्यापक तथा गीतकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ शनिबार सार्वजनिक गरिएको छ ।
कला केन्द्र गठन
बाँकेका कलाकर्मीको भेलाले बाँके कला केन्द्रको तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको अध्यक्षमा सुन्दर गुरुङ हुनुहुन्छ ।
‘अग्निदहन’ को गीत सार्वजनिक
चलचित्र ‘अग्निदहन’ को ‘दाइ दाइ नभन मलाई’ बोलको गीत शनिबार सार्वजनिक गरिएको छ । गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर रहेको छ ।
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको उन्नयनमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आइसिसी विश्वकप लिग–२ : नेपाली टोली घोषणा
अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ ।
पौडेल र उप्रेती श्रम सहचार्यमा चयन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) तथा साउदी अरेबियाका लागि काउन्सेलर (श्रम सहचारी) चयन गरेको छ ।
अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव
तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ ।
साढे नौ अर्ब रुपियाँ बिमा दाबी तीस करोड भुक्तानी
बाढीपहिरो र डुबानका कारण भएको क्षतिको बिमाबापत पाउनेहरूले दाबी गरेको रकमभन्दा कम भुक्तानी भएको छ ।
काठमाडौँमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन
‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
भारतसँग नेपालको वास्तविक परीक्षा
साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा गर्न नेपाललाई आइतबार पाँच पटकको विजेता भारतविरुद्धको खेल हार्ने छुट छैन ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ ।
बढ्यो भाइमसलाको व्यापार
तिहार नजिकिँदै गर्दा बजारमा भाइमसला (ड्राइ फ्रुट्स) को व्यापार बढ्न थालेको छ ।
राजनीतिक स्थिरताका लागि सामाजिक सद्भाव : देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरता र स्थायित्वका लागि सामाजिक सद्भाव र एकता अपरिहार्य रहेको बताउनुभएको छ ।
हिमाल आरोहणबाट सात करोड राजस्व
शरद ऋतुमा हिमालमा आरोहणका लागि दिइएको अनुमतिबाट सात करोड रुपियाँभन्दा बढी रकम राज्य कोषमा दाखिल भएको छ ।
पिताको मार्ग पछ्याउँदै माथिएस
नेपाली समाजमा पिताको पेसा वा व्यवहार पछ्याउने सन्तानले बाबुको बिँडो थामेको भनेर प्रशंसा गरिन्छ ।
रवि र छविमाथि तीन अभियोगमा अनुसन्धान जारी
पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीमाथि तीन कसुरमा एकसाथ अनुसन्धान जारी छ ।
संसदमा उजुरी दिनेविरुद्ध अदालतमा मुद्दा
अदालतमा मिलापत्र भइसकेको विषयलाई गाली बेइज्जती गर्ने उद्देश्यले संसदीय सुनुवाइ समितिमा प्रवेश गराएको भन्दै कृष्णमान प्रधानले एक उजुरीकर्ताविरुद्ध मुद्दा दायर गर्नुभएको छ ।
दुर्लभ हिउँचितुवा अवलोकन खुला
सदर चिडियाखाना जाउलाखेलमा दुर्लभ वन्यजन्तु हिउँचितुवा अवलोकन गर्न खुला गरिएको छ ।
पुस्तक छपाइमा निजीको दायरा खुम्चिँदै
सरकारले विद्यालय तहको पुस्तक छपाइमा निजी प्रकाशनगृहको दायर खुम्च्याउँदै लगेको छ ।
सुप्रिम सहकारीपीडितको चिन्ता सडक दबाबले न्याय नमरोस्
बुटवलको सुप्रिम सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलनले प्रहरी अनुसन्धान प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सरुवा रोग अस्पताल भवन निर्माण हुँदै
जग्गा प्राप्तीको विवादले अलपत्र परेको लुम्बिनी प्रदेश सरुवा रोग अस्पताल भवन निर्माणको कामले गति लिएको छ । प्रदेशसभा सदस्य अर्जुनकुमार केसीको पहलमा लुम्विनी प्रदेश सरकारले जग्गा प्राप्तिको प्रक्रिया पूरा गरेपछि भवन निर्माणको काम सञ्चालनमा आएको छ ।
सोमबारदेखि केरूङ नाका सञ्चालन गर्ने तयारी
अविरल वर्षाका कारण बन्द रहेको रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।