• १२ कात्तिक २०८१, सोमबार

पौडेल र उप्रेती श्रम सहचार्यमा चयन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक ११ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) तथा साउदी अरेबियाका लागि काउन्सेलर (श्रम सहचारी) चयन गरेको छ । श्रम मन्त्रालयले लिएको परीक्षामा युएईका लागि श्रम मन्त्रालयमा कार्यरत उपसचिव दीपेन्द्र पौडेल तथा साउदी अरेबियाको काउन्सिलरमा मन्त्रालयमै कार्यरत उपसचिव कविराज उप्रेती छनोट हुनुभएको छ । लामो समयदेखि श्रम मन्त्रालय मातहतका कार्यालयमा कार्यरत उपसचिव मैयाँ कँडेल काउन्सेलरमा प्रतीक्षा सूचीमा पर्नुभएको छ । 

यसै गरी मन्त्रालयले दुई मुलुकका लागि श्रम सहचारी पनि छनोट गरेको छ । जस अनुसार बहराइनका लागि श्रम सहचारीका लागि शाखा अधिकृत सुनिता थापा छनोट हुनुभएको छ भने कतारमा शाखा अधिकृत प्रेमप्रसाद पोखरेल चयन हुनुभएको श्रम मन्त्रालयले जनाएको छ । शाखा अधिकृत विकासकुमार रजक प्रतीक्षा सूचीमा रहनुभएको छ ।