• ११ मंसिर २०८१, मङ्गलबार

दुर्लभ हिउँचितुवा अवलोकन खुला

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, कात्तिक ११ गते । सदर चिडियाखाना जाउलाखेलमा दुर्लभ वन्यजन्तु हिउँचितुवा अवलोकन गर्न खुला गरिएको छ । मोरङमा फेलापरेको हिउँचितुवालाई शनिबारदेखि सदर चिडियाखाना जाउलाखेलमा सर्वसाधारणले हेर्न पाउने गरी सार्वजनिक गरिएको हो ।

मोरङको उर्लाबारीबाट नौ महिना अघि उद्धार गरिएको हिउँचितुवाको स्वास्थ्य ठिक भएपछि सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको हो । वन तथा वातावरणमन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ऐनबहादुर शाही, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव नरेश सुवेदीले हिउँचितुवा सार्वजनिक गर्नुभयो । 

कञ्चनजङ्घा हिमालबाट बाटो बिराएर खोलाको तीरैतीर मोरङको मानव बस्ती पुगेको अनुमान गरिएको हिउँचितुवाको नाम कञ्चन राखिएको उहाँले बताउनुभयो ।