• १२ कात्तिक २०८१, सोमबार

जापानिज इन्सेफ्लाइटिसबाट छ जनाको मृत्यु, उपचार खर्च धान्नै मुस्किल

blog

शशिधर पराजुली

विराटनगर, कात्तिक ११ गते । कोशी प्रदेशमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफ्लाइटिस रोगको सङ्क्रमण बढेको छ । सङ्क्रमणका कारण चालु वर्षमा चार जना नाबालकसहित छ जनाको मृत्यु भइसकेको छ । प्रदेशका विभिन्न अस्पतालमा थप १६ जना उपचार गराइरहेका छन् । मस्तिष्क ज्वरोको समस्या हुने इन्सेफ्लाइटिसबाट सबैभन्दा धेरै सुनसरी प्रभावित देखिएको छ । त्यसपछि झापा र उदयपुरमा सङ्क्रमण देखिएको छ । 

गत वर्ष कोशी प्रदेशमा इन्सेफ्लाइटिसको सङ्व्रmमणबाट कसैको पनि ज्यान गएको थिएन । गत वर्ष नियन्त्रणकै अवस्थामा रहेको यो रोगको सङ्व्रmमण यस पटक अधिक मात्रामा फैलिएपछि सन्त्रासको अवस्था उत्पन्न भएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता आस्था थापाका अनुसार बुधबारसम्म कोशी प्रदेशको सुनसरीमा तीन, झापामा दुई र उदयपुरमा एक जनाको ज्यान गएको छ । तीमध्ये चार जना नाबालक छन् । 

धानखेती र बङ्गुरपालन भएको क्षेत्रमा यो रोगको सङ्क्रमणको जोखिम बढी हुन्छ । विशेष गरेर क्युलेस जातको लामखुट्टे ‘सेतो लामखुट्टे’ को टोकाइबाट यो रोग फैलिने गर्दछ । यो रोगको सङ्व्रmमणको जोखिम साउनदेखि कात्तिकसम्म रहने भएकाले गत भदौमा स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो । विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले भदौ १५ देखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको बताएका थिए तर कात्तिक दोस्रो साता सुरु भइसक्दा पनि इन्सेफ्लाइटिसको सङ्क्रमण रोकिएको छैन । 

इन्सेफ्लाइटिस सङ्क्रमणमा परेकाहरूले महँगो उपचार गर्नु परेको भन्दै सरकारले नै सङ्व्रmमण रोगको उपचार गरिदिने व्यवस्था गर्नुपर्ने आवाज उठ्न थालेको छ । उदयपुर बेलका नगरपालिका–६ का १२ वर्षे एक बालक ७५ दिनदेखि अस्पतालमा इन्सेफ्लाइटिसको उपचार गराइरहेका छन् तर बिरामीको अवस्था अत्यन्तै नाजुक रहेको विराट शिक्षण अस्पतालले जनाएको छ । परिवारका सदस्यहरूले पनि थप समय अस्पतालमा राखेर उपचार गर्ने आर्थिक क्षमता आफूहरूसँग नरहेको भन्दै सरकारले उपचारको प्रबन्ध गरिदिनुपर्ने बताएका छन् । बिरामीका बाबुले भन्नुभयो, “अस्पताल आउँदा राम्रोसँग छोरालाई लिएर आयौँ । बिरामीको अवस्थामा सुधार नभएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छौँ । अस्पताल र फार्मेसीमा गरेर सात लाख रुपियाँभन्दा बढी रकम खर्च गरिसक्यौँ । अरू आठ/नौ लाख रुपियाँ लाग्न सक्छ भनेर अस्पतालले भनिरहेको छ । यति धेरै खर्च गर्ने क्षमता हामीसँग छैन, यस्तो सङ्व्रmामक रोगको उपचार सरकारले गरिदिनु पर्छ ।”

कोशी प्रदेश सरकारले कोशी कोभिड अस्पताललाई यसअघि सङ्व्रmामक रोग उपचार केन्द्रका रूपमा सञ्चालन गरेको थियो तर त्यसलाई पछि हृदयरोग उपचार केन्द्रमा रूपान्तरण गरेपछि समय समयमा आउने यस्ता सङ्व्रmमणको उपचारमा सर्वसाधारणले हैरानीसँगै ठुलो धनराशि खर्च गर्न बाध्य भएका छन् । अहिले कोभिड सङ्व्रmमणको उपचार गर्न बनाइएको अस्पतालमा न त सङ्व्रmामक रोगको उपचार हुन्छ न त मुटुरोगी नै त्यहाँ उपचारका लागि जान्छन् । अहिले अस्पताल पूर्ण रूपमा उपयोगविहीन बनेको छ । 

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. सुरेश मेहताले इन्सेफ्लाइटिस रोगबाट सङ्क्रमित भएकाको उपचार भइरहेको जानकारी दिँदै यो रोगको मृत्यु दर भने उच्च रहेको बताउनुभयो । उहाँले सङ्व्रmमण रोकथामका लागि काम थालिसकेको जानकारी दिनुभयो । 

प्रदेश स्वास्थ्य मन्त्रालयले जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लिन र लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । यो रोगको सङ्व्रmमण हुँदा बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षाघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता लक्षण देखिन्छ । यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुँगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घरबाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाएर रोकथाम गर्न सकिने छ ।