• १२ कात्तिक २०८१, सोमबार

विश्वविख्यात चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटन मन्त्री पाण्डेद्वारा सम्मान

blog

काठमाडौँ। कात्तिक ११  गते । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गर्नुभएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उजा र स्वस्थसम्बन्धी १६ वटा देशका वैज्ञानिकहरूको सहभागिता रहको काठमाडौँमा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले उहाँलाई अभिनन्द गर्नु भएको हो ।

 उक्त गोष्ठीमा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधान लगायतका विषयका साथै पर्यटन प्रवर्द्धनका क्षेत्रमा गुणस्तरीय छलफल भएको प्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो 

मन्त्री पाण्डेले भन्नुभयो, आज हामी एउटा विशेष सन्दर्भले जोडिएका छौँ । हामी एक जना विश्वविख्यात वैज्ञानिकलाई हाम्रो तन, मन र वचनबाट सम्मान गर्दै छौँ । चीनमा डिस्टिङगुइस योङ साइन्टिस्ट र चाङजियाङको उपाधि  प्राप्त गरी सक्नुभएका उहाँ संसारका दुई प्रतिशत वैज्ञानिकभित्र पर्ने वैज्ञानिक हुनु हुन्छ । 

थप चर्चा गर्दै मन्त्री पाण्डेले भन्नुभयो, उहाँले ४७० भन्दा धेरै अनुसन्धानमूलक लेखहरू लेख्नुभएको छ उहाँको स्वास्थ्य प्रविधिको क्षेत्रमा अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा अतुलनीय योगदान रहेको छ । साथै, पूर्वी एसिया र दक्षिण एसियालाई जोड्ने पुलक रूपमा काम गर्नु हुने वैज्ञानिक विङडिङ नेपालमा हार्दिक स्वागत गर्दछु ।

मन्त्री पाण्डे नेपाल र चीन बिच यस्ता आदानप्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्ध भिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ नेपाल आएको अभिलेखले रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गर्नु भयो । 

 उहाँले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चिनिया विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गरिदिनु समेत अनुरोध गर्नुभयो 

उहाँले कोरियाली एवं चिनियाँ नागरिक लगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र संस्कृतिक रुपमा सम्पन्न मुलुक भएकाले नेपाल घुम्न आउन समेत अनुरोध गर्नु भयो । 

अभिनन्द कार्यक्रममा बोल्द विङडिङले नेपालीहरु निकै आत्मीय रहेको भन्दै  भएकाले नेपाली विद्यार्थीहरुलाई आफू मातहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै उहाँहरूलाई आफूसँग जोडिन आग्रह गर्नुभयो । प्राध्यापक विङडयानको मातहतमा ११४ जना विद्यार्थीले विद्यावारिधि गरिरहनुभएको छ।