• १२ कात्तिक २०८१, सोमबार

अमेरिकामा देवकोटा जयन्ती सम्पन्न

blog

कृष्णराज खनाल 

अमेरिका, कात्तिक १२ गते । नेपाली साहित्यका धरोहर महाकवि लक्ष्मीप्रसाद देवकाेटाको ११५ औँ जन्मजयन्ती यहाँ सम्पन्न भएको छ । 

नेपाली राष्ट्रिय गान र देवकोटाको तस्बिरमा माल्यार्पणपछि सुरु भएको सो कार्यक्रमका वक्ताहरूले देवकोटाको काव्य र समग्र व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । साहित्यकार ईश्वर देवकोटाले महाकविको महाकवित्वका बारेमा चर्चा गर्नुभएको थियो भने कार्यक्रममा महाकवि देवकोटाको प्रकाशित पहिलो कविता पनि वाचन गरिएको थियो । 

नर्थ क्यारोलिना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको आयोजनामा शनिवार सम्पन्न कार्यक्रममा सर्जकहरूले आआफ्नो कविता वाचन गर्नुभएको थियो ।