पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
नेवार समुदायमा जात्राको रौनक
सदियौँ पुराना पर्व र परम्परालाई यहाँका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ ।
नदीमा माछा मार्दै
कञ्चनपुर, भदौ ४ गते । कञ्चनपुरको लालझाडी गाउँपालिकाको कञ्जका स्थानीय महिलाहरू जालको सहायताले दोदा नदीमा माछा मार्दै । तस्बिरः रासस
पेरीभारानी ताल
म्याग्दी, भदौ ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी ताल । पर्यटकीयस्थल घोडेपानीको सहायक गन्तव्य पेरीभारानी तालमा पूजाअर्चना गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास छ । तस्बिरः रासस
पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
घोडेपानी सडक अवरुद्धः पर्यटक र स्थानीयलाई सास्ती
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीलाई समस्या भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा पहिरोले सडक भत्काएपछि गत साउनदेखि घोडेपानीमा यातायात अवरुद्ध बनेको हो ।
एनपिएलको लोगो र मिति सार्वजनिक
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो र मिति सार्वजनिक गरेको छ । नेपालको पहिलो आधिकारिक फ्रेन्चाइ क्रिकेट लिगका रूपमा रहेको एनपिएल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुने छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो सार्वजनिक गर्नुभयो ।
कर्णालीका सबै जोखिमयुक्त घरहरूको बिमा गर्दैछौँ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरूको बिमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
मुख्यमन्त्री आचार्यलाई सात दलले विश्वासको मत दिँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन् । मुख्यमन्त्री आचार्यले मङ्गलबार विश्वास मत लिने तयारी गर्नुभएको छ । मङ्गलबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी भएको हो । उक्त प्रस्तावमाथि दलीय आधारमा प्रतिनिधिले पक्ष वा विपक्षमा धारणा व्यक्त गर्ने छन् । उक्त प्रस्तावमाथि मत विभाजन गरिने छ । नेकपा (एमाले) का सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ भाषा
देशभर मनसुनी वायुको प्रभाव कायमै
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गाईजात्राले शोकलाई शक्तिमा बदल्ने सन्देश दिएको छ : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गाईजात्राले शोकलाई शक्तिमा बदल्ने सन्देश दिएको बताउनुभएको छ।
भाद्रकृष्ण प्रतिपदा : गाईजात्रा पर्व मनाइँदै
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ।
सबै पर्वको आदर र सम्मान गर्ने हाम्रो परम्परा हो : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ ।
गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्व : सभामुख
सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गर्नुभएको छ । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताउनुभएको छ ।
बालन नाच ब्युँझाउँदै युवा
बालन नाच संरक्षणप्रति स्याङ्जा तथा पाल्पाका युवाले चासो राखेका छन् । विषेश गरी ब्राह्मण, क्षेत्री समाजमा बालन गाउने र त्यसको लयसँगै नाच्ने परम्परा धेरै पुरानो हो । यस नाचलाई ‘बाहुन नाच’ पनि भनिन्छ । केही वर्षयता बालन गाउने र नाच्ने चलनमा कमी आएको छ । पश्चिमा प्रभाव बढ्दै जाँदा यो नाच बिस्तारै लोप हुने अवस्थामा पुगेको छ ।
साधक रोचकको अभिनन्दन
साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाई राजधानीमा सोमबार बृहत् अभिनन्दन गरिएको छ । नेपाल स्रष्टा समाजद्वारा आयोजित अभिनन्दनमा करिब एक सय साहित्यिक संस्था र साहित्यिक पत्रिकाले साहित्यकार तथा साहित्यिक पत्रकार घिमिरेको अभिनन्दन गरेका थिए ।
सहुलियत ऋण उपलब्ध गराउन माग
जनता समाजवादी पार्टी नेपालले कृषि र कृषिमा आधारित उद्योगहरू स्थापना र सञ्चालन गर्न सरकारले बैङ्कमार्फत ऋण उपलब्ध गराउन माग गरेको छ । जसपा नेपालको चार दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सो माग गरेको हो । कृषि उद्योग स्थापनाका साथै प्रविधि एवं अन्य आवश्यक सहुलियत प्रदान गर्न जसपाले माग गरेको छ ।
कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले बढ्यो, निक्षेप परिचालन तेह्र प्रतिशतले वृद्धि
गत आर्थिक वर्ष २०८०/८१ मा कुल आन्तरिक कर्जा ६.१ प्रतिशतले बढेको छ । अघिल्लो आव उक्त कर्जा ८.८ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा वर्षमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी ३५.४ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दाबी ४.६ प्रतिशतले बढेको थियो ।
सात सय उद्यमीले स्टार्टअप उद्यम कर्जा पाउने
यो वर्ष सात सय उद्यमीले स्टार्टअप उद्यम कर्जा पाउने भएका छन् । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि चालु आर्थिक वर्षको बजेटमार्फत एक अर्ब रुपियाँ विनियोजन गरेको छ । गत आवमा उद्यमीले न्यूनतम पाँच लाख रुपियाँदेखि २० लाख रुपियाँसम्म स्टार्टअप उद्यम कर्जा पाएका थिए । गत आव स्टार्टअप उद्यम कर्जाका लागि २५ करोड रकम विनियोजन गरेको थियो ।
कर्मचारीको परिभाषामा समेट्न माग
सङ्घ, प्रदेश र स्थानीय तीन वटै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्न टे«ड युनियनहरूले सरकारसँग माग गरेका छन् । २०७५ सालमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी पनि निजामती कर्मचारी नै भएकाले सङ्घीय निजामती सेवा ऐनमा तीन वटै तहमा भएका कर्मचारीलाई परिभाषामा समेट्न माग गरिएको हो ।
विद्युत् निर्यात एक हजार मेगावाट नाघ्यो
नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य लिएको पहिलो वर्ष नै यो आँकडा एक हजार मेगावाटभन्दा धेरै हुने भएको छ । नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएसँगै यस्तो सुनिश्चिता भएको हो । नेपालका लागि भारतीय दूतावासले नेपालबाट थप विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त भएको जानकारी दिएको हो ।
खस्कियो विश्वमा मानवीयता
विश्वमा मानवीयता खस्कँदै गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सोमबार विश्व मानवीय दिवसका सन्दर्भमा सङ्घले प्रकाशित गरेको तथ्यले विश्वमा मानवीयता खस्कँदै गएको देखाएको हो । विश्वका शक्तिमध्ये रुस र युक्रेन, इजरायल र गाजा, म्यानमार, मेक्सिको, इथियोपिया, सिरिया, यमन, अफगानिस्तान, सुडान र दक्षिण सुडान, कङ्गो, लिबिया, लेबनानलगायतका मुलुकमा आन्तरिक द्वन्द्व तथा द्विदेशीय युद्ध भइरहेका छन् । द्वन्द्वका कारण उत्पन्न अवस्था अन्त्य गर्न शक्ति राष्ट्रहरूले ध्यान नदिई शक्ति प्रदर्शनमा केन्द्रित रहेकामा राष्ट्रसङ्घले रोष प्रकट गरेको छ ।