• १५ कात्तिक २०८१, बिहिबार

चौरासी पूजामा कृति विमोचन

blog

तानसेन समाचारदाता

तानसेन, कात्तिक १३ गते । वाङ्मय प्रज्ञा–प्रतिष्ठान, पाल्पाका अध्यक्ष गोपालप्रसाद बस्यालले आफ्ना पिता गुणाखर आमा यमकला बस्यालको चौरासी पूजाका दिन अङ्ग्रेजी भाषामा लेखिएका कविताको सङ्गालो ‘द जर्नी एन्ड अदर पोएम्स्’ सार्वजनिक गर्नुभएको छ । कृतिकारका बुवाआमा, लुम्बिनी प्रदेश सभाका सदस्य वीरबहादुर राना, रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारी, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टङ्क भट्टराईले संयुक्त रूपमा कृति विमोचन गर्नुभएको थियो । कृतिको विमोचन गर्नुहुँदै प्रदेश सभा सदस्य रानाले लेखक बस्यालले शिक्षा र साहित्यका क्षेत्रमा गरेको योगदान र नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुहुँदै सर्जकले समाजलाई असल बाटोमा लैजान मद्दत गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा साहित्य रचना गर्ने बस्यालको कृतिमा विभिन्न समयमा लेखिएका २७ वटा कविता समावेश छन् ।