• १५ कात्तिक २०८१, बिहिबार

फूलको हत्या (कथा)

blog

“आमा, मैले नयाँ फूलको बोट लेराको छु । घरमाथि सार्छु है !  बिहानबेलुका तपाईंले पानी हाल्दिनू ।” 

चार बजे स्कुलबाट आएकी सात वर्षकी छोरी बेगमले हतारमा कुरा सकी । उसले झोला नै नबिसाई पूmलका बिरुवा घरमाथि लगेर रोपी । बहिनी गुलमोहोर “मलाई फूल मन पल्छ । फूल कत्तो राम्लो हुन्च” भन्दै दिदीको पछि पछि गई ।  

पूmल रोपिसकेपछि बेगम र गुलमोहोर कोठामा पसे । फूलप्रतिको छोरीहरूको अनुराग देखेर रुकु दङ्ग परी । मनमनै भनी, “आहा ! छोरीहरू पनि म जस्तै फूललाई माया गर्ने निस्के । यिनले पूmललाई सधैँ माया गरिरहून् ।”

रुकु फूलको धेरै सोखिन थिई । उसको दैनिकी फूल र फूल जस्तै छोरीहरूसँग रमाउँदै बित्थ्यो । घरमाथिको सानो पूmलबारीमा भेटे जति फूल रोपेकी थिई । घरमुनि आँगनको पर्खालतल पनि पूmलैपूmल थिए । मूल सडक जोडिएको उसको घर फूल फूलको बहार लिएर उभिएको थियो । सडकमा हिँड्ने मानिसदेखि बसका यात्रुसम्मले सडकमाथिको रुकुको फूलबारी देखेर चर्चा गर्थे । कतिले भन्थे, “यत्तिविधि पूmल सार्न कस्तो जाँगर चलेको होला ?” कोही कोही सोध्थे, “यो घर कसको हो ?” जब उत्तर पाउँथे, “यो कामीको घर हो” तब सोध्ने मानिस ओठ लेप्य्राएर हिँड्थे । 

रुकु पच्चिस कट्दै थिई । अठारैमा बिहे भएको थियो । दुई छोरी जन्मिए । उसको माइती टाढै पर्छ । चाडबाडमा आक्कलझुक्कल ऊ माइत जान्थी । आपैmँले केटो रोजेर हिँडेकी हुनाले पहिला माइतीले जाती मानेनन् । केटो सज्जन भएको र व्यवहार राम्रै भएको थाह पाएपछि माइतीले पनि राम्रै गर्न थाले । 

धेरैथरी पूmल रुकुले माइतबाट ल्याएकी थिई । मनले खाएका गाउँलेसित पनि मागेर सारी । दाउराघाँस गर्न जाँदा र बस्तुबाख्रा चराउन लैजाँदा वनबाट समेत पूmलका बिरुवा ल्याएर सारेकी थिई । नामै थाह नभए पनि फुलेको देखेपछि जुनसुकै वनस्पतिले उसको पूmलबारीमा सजिन पाउँथे । सयपत्री, मखमली, गोदावरी, बेली, चमेली आदि स्थानीय पूmल त हुने नै भए, बाहिरफेर जाँदा गुनकेशरी, बेगमबेली, डालिया, गुलबहार, हिबिस्कस, जास्मिन, लिली, मिमोसा, सुनगाभा, चम्पा, तुलिप, क्यामेलिया, सुगन्धराज, ओलिन्डर, केशर, रजनीगन्धा, करबिर, हसना, लिली, जुही पूmलहरू पनि सारेकी थिई । ती पूmल फरक फरक ऋतुमा फुल्थे । रुकुको बगैँचालाई सुन्दर मात्र हैन, सुन्दरतम बनाइदिन्थे । रौनकै फेरिदिन्थे । रुकुको फूलबारीमा इन्द्रेनी रङ आएर घोलिन्थ्यो ।  

फूलसँग रुकुको छुट्टै प्रेम थियो । पूmलसँगै ऊ बोल्थी, मुस्कुराउँथी अनि लजाउँथी । फूलको जीवन उसलाई विशेष लाग्थ्यो । उसलाई पनि फूल जस्तै सुन्दर हुन मन लाग्थ्यो । कहिलेकाहीँ आपूm फूल भएको महसुस गर्थी । आपूm वरिपरि गोविन्द भमरा भएर घुमेको अनुभव गर्थी । 

रुकुमा त्यति धेरै विवेचनात्मक दृष्टिकोण थिएन । सौन्दर्यभावलाई भाषामा व्यक्त्याउन सक्ने प्रशस्त सौन्दर्य चेत पनि उसमा थिएन । जति थियो ऊ सचेत थिई । दूरदराजकी सामान्य लेखपढ भएकी एक दलित भनिएकी महिलामा त्यतिको चेतना हुनु ठुलै कुरा थियो । ऊ फूलहरूलाई धर्मको आँखाले भन्दा बढी कोमलताको आँखाले हेर्थी । 

हो, रुकु फूल जस्तै थिई । फूल जस्तै कोमल र सुन्दर देखेर गोविन्दले मन पराएको थियो । सोझो हट्टाकट्टा गोविन्दलाई रुकुले पनि मन पराएकी थिई । त्यत्तिको रूपरङ, चालढाल, बानीबेहोरा मिलेको जोडी गाउँमा विरलै भेटिन्थ्यो । वास्तवमा तिनको जोडी ‘विशेष’ थियो । 

बाटामाथि ढुङ्गामाटाले बनेको र बाहिर सिमेन्ट प्लास्टर गरिएको सामान्य तीनकोठे घर थियो । पर्तिर मतान थियो । भुइँतलामा पुरानो आरन थियो । तलामाथि उसका सासूससुरा सुत्थे । मतानको पल्लोछेउमा बस्तुभाउ बाँध्ने गरिएको थियो । मतान पछाडि धारो थियो । धारावरिपरि पनि पूmलैपूmल थिए । उसका फूल जस्तै दुई छोरी थिए । तिनलाई हेररै रुकु गाउँमा अडिएर बसेकी थिई । फूलकै मोह दर्साउन उसले जेठीको नाम छोरीको नाम बेगमबेली र कान्छीको गुलमोहोर राखेकी थिई । 

++++

बालीघरे चलन घेरथोर चल्दै थियो गाउँमा । ससुरा धनबहादुर आरनमा घन पिटिरहेको हुन्थ्यो । धेरैजसो सासू खलाँती तानिदिन्थी । कहिलेकाहीँ रुकु पनि सासूलाई पालो दिन्थी । मानिसहरू बालीमा भन्दा पैसामा कृषि औजार बनाउन थालेका थिए । बिजुली आएपछि माथि पिपलडाँडामा बिजुली आरन राखेर विजय सुनार बसेको थियो । साथमा तयारी कृषि औजारको पसल थियो । कोइले आरन कम चल्न थालेको थियो । किसानहरू हतियार बनाउन कमै ल्याउँथे । दसबिस घरमा बाहेक धनबहादुरलाई हतियार बनाएको ज्याला पैसा नै दिन्थे ।

धनबहादुरले यही आरनमा रगत खर्चेर, पसिना बगाएर छोराछोरीलाई १२ कक्षासम्म पढाएको थियो । दुःखको काम भए पनि दुःखमा साथ दिएको, अनिकालमा खान दिएको आरनलाई धनबहादुरले माया मार्न सकेको थिएन । छोरीहरूको बिहेखर्च पनि आरनबाटै जोहो भयो । छोरो कमाइ गर्ने हुँदा पनि धनबहादुरले आरन छाडेको थिएन । उसले आरनलाई पुर्खाको नासो ठानेको थियो । 

धनबहादुरले गोविन्दलाई अलि अलि खर्च दिएर क्याम्पस पढ्न पठायो । गोविन्दले पढ्नमा त्यति मन दिएन । ड्राइभिङको काम सिक्यो र काममा लाग्यो । ठेकदारको गिटीबालुवा ढुवानीको काम गर्दा रुकुसँग भेट भयो । गोविन्दलाई रुकु मन परी । रुकुले पनि गोविन्दलाई मन पराई । उनीहरू घरजम गर्ने टुङ्गोमा पुगे । 

एक दसैँमा गोविन्दले रुकुलाई गाउँ लिएर आयो । छोराको बिहे आँगनमै गर्ने धोको भए पनि धनबहादुरका बुढाबुढी छोराले बुहारी ल्याउँदा खुसी नै भए । गोविन्द एक सुन्दर युवक थियो । ऊभन्दा सुन्दरी उसकी दुलही थिई । गोविन्दले ल्याएकी केटीबारे गाउँमा चर्चा चल्यो । कुरा काटेको सुनियो, “कामीको छोराले कति राम्री केटी ल्याएछ !”

गोविन्दले रुकुलाई गाउँमै राख्यो । रुकु पनि गाउँमा बस्न राजी भई । गाउँमा महिलाहरू कामको चापले मैलोधैलो भएर हिँड्थे तर जति काम भए पनि रुकुले शरीरको सफाइमा विशेष ध्यान दिएकी थिई । सामान्य कुर्तासुरुवालमा ऊ लोभलाग्दो गरी हिँड्थी ।

गोविन्द निर्माण सामग्री ढुवानी गर्न टाढा जान्थ्यो । महिना पन्ध्र दिनमा घरमा आउँथ्यो । कहिले उसलाई तीन महिनामा पनि घर आउने फुर्सद मिल्दैनथ्यो । फोनबाटै बाआमासँग बोल्थ्यो । रुकुलाई अराइपराइ गथ्र्यो । काम नहुँदा कहिलेकाहीँ गोविन्द घरमै बस्थ्यो । काम गर्दागर्दै गोविन्दसँग अलिकति पैसा जम्मा भयो । रिनपान गरेर उसले एउटा मिनीट्रक किन्यो । आफ्नै ट्रक भएपछि गोविन्दलाई झनै सजिलो भयो । कमाइ पनि राम्रो भयो । गोविन्दको जीवन स्तरमा कायापलट भयो । घरमा अनेक सजावटका सामान ल्याएर राख्यो । घर सजायो । घरमा नयाँ रङ लगायो । 

गोविन्दको प्रगति मन नपराउनेहरू थुप्रै थिए । ती प्रत्यक्ष परोक्ष नाकनिक गरिरहन्थे । कुरा काट्दै हिँड्थे, “कामीको घर यस्तो सफा ? घु-यानमा सुँगुरले उधिनी खेल्नुपर्ने घर यति राम्रो ? बुहारी त गतिलै पाएछ धनेले ।”  

गोविन्दको परिवार गाउँमै नमुना बनेको थियो । सधैँ हेपेर र खसालेर बोल्ने गरेको धने कामीको अवस्था सुध्रेको गाउँमा धेरैलाई मन परेन । अझ बुहारी ल्याएपछि झनै रिस गर्न थालेका थिए । ठालुहरूको चाहना थियो, धनबहादुर सुनार सधैँ धने कामी भइराखोस् । हेप्न पाइयोस् । उसको रगत, पसिना सोस्न पाइयोस् । हेपेर अराउन पाइयोस् । 

एक दिन रुकु घरपछाडि धारामा पानी थाप्दै थिई । बाटामा गुनगुन सुनी । ती नजिकैको सरकारी स्कुलका मिसहरू थिए । सीता मिसले फूलबारीतिर देखाउँदै सरिता मिसलाई भनी, “हेर न, यो कमिनीको फुर्ती ! बाहुनक्षत्रीको घरमा एउटा फूल छैन, कमिनीको घरमा फूलबारी !”  सरिताले फूलबारीतिर हेर्दै भनी, “त्यै त दिदी । यो कमिनीको रवाफ !”

सीता र सरिताको घोचाइले रुकु एकछिन मर्माहत भई । छिट्टै प्रतिव्रिmया दिने उसको बानी थिएन । यसअघि पनि रुकुले आफूलाई खसालेर बोलिएका व्यङ्ग्यवाण सुनेकी थिई । कसैलाई केही भनिन । मान्छेलाई आफ्नै चेतना स्तरमा बाँच्न दिनु पर्छ भनेर सोच्थी । विकृति, विसङ्गति, अन्धविश्वासमा अडेकाहरू त्यसबाट धोका नखाएसम्म सुध्रिँदैनन् भन्ने पनि रुकुलाई थाह थियो । हन्डर खाएरै सुध्रिऊन् भनेर रुकु चुप बसेकी थिई ।

तर ती जन्डहरू सुध्रिएनन् किनभने तिनको रगतमै जडता बगेको थियो । तिनका तिनले लिङ्गका जातका, धर्मका, वर्ण र वर्गका कुरा गर्न छाडेनन् । विभेद नै तिनको रगतमा घोलिएको थियो । जति जति रुकुको फूलबारीमा फूल बढ्दै जान्थे, कुरा काट्नेको सङ्ख्या पनि बढोत्तरी हुँदै जान्थ्यो । “कमिनीको घरमा बगैँचा ! जुठोपुरो खाएर बस्नुपर्ने जातको फुर्ती ! कमिनी निकै नखरा पारेर हिँड्छे, लोग्ने घरमा छैन । कसलाई देखाकी होली !” यस्तै यस्तै कुरा काट्थे ।  

रुकुको फूलबारीको सुन्दरताले मानिसहरूलाई सडकबाट मास्तिर फर्केर हेर्नुपर्ने बनाएको थियो । टाढाका मान्छे सोध्थे, “यो कसको घर हो ? पूmलबारी त गबज रैछ ।” गाउँले उत्तर दिन्थे, “यो कामीको घर हो ।” सोध्नेहरू अचम्म मान्थे । तिनको मौन अभिव्यक्ति हुन्थ्यो, “कामीको घरमा यस्तो राम्रो फूलबारी !”

रुकुको फूलबारीमा सोचेभन्दा बढ्ता फूल फुल्न थाले । छोरीहरू बिहानबेलुका पूmलबारी रमाएर खेल्थे । फूलको सौन्दर्य र छोरीको निश्छलता देख्दा रुकु आनन्दित हुन्थी । आपूm पनि केटाकेटी उमेरमा फर्कन्थी । उसकी आमाले पनि टन्नै फूल लगाएकी थिई । रुकु फूलबारीमा जान्थी । पुतली, चरा र भमरासँग घण्टौँ खेलेर बस्थी । पूmलसित रमाएर भात खान बिर्सिन्थी । आमा आउँथी र भन्थी, “यो केटीलाई फूलबारीमा बस्न पाए भोक नि लाग्दैन । स्कुल नि जान पर्दैन । के भाकी केटी होली !”

त्यसो भनेर आमा रुकुलाई तानेर ल्याउँथी । फूलसँग खेल्न पाउँदा रुकु सबथोक भुल्थी । फूलबारीमै गएर स्कुलको होमवर्क गर्थी । फूलप्रति रुकुको प्रेम एक प्रकारको सनातनी विरासत थियो । रुकुलाई फूलबारीमा हरेक दिन, हरेक महिना र हरेक ऋतुमा फूल फुल्न थाले । रुकुले सोची– “आखिर झरेरै जाने फूल हो । मैले झरेका आला फूल मन्दिरमा बेचेँ भने चियाचिनीको खर्च त टर्छ ।” 

रुकुले मन्दिरमा लगेर फूल बेच्ने विचार गरी । घरमा कसैसित सल्लाह पनि गरिन । एक दिन एक डालो फूल लिएर माथि डाँडाको भीमसेनको मन्दिरमा पुगी । मन्दिरमा मानिसको निकै घुइँचो थियो । मानिसहरू मन्दिरमा अनेक बलपुकार मागिरहेका थिए । कोही भन्दै थियो, “मेरो छोराको अस्टे«लियाको भिसा लागोस् प्रभु ।” कोही चिच्याउँदै थियो, “छिट्टै नातिको मुख हेर्न पाऊँ भगवान् ।” मन्दिर जानेहरू कुनै न कुनै स्वार्थ लिएर गएका थिए ।

अचम्म ! भगवान्ले भिसा ! भगवान्ले छोरा ! मानिसहरूको चेतना स्तर देखेर रुकुलाई हाँसो पनि उठ्यो । उसले सोची, “भगवान्ले सबै काम गरिदिने हो भने मानिसको श्रम, चेतना, बुद्धि र विवेकको के काम यो संसारमा ?” 

रुकुले फूल बेच्न ल्याएको कुरा गाइँगुइँ चल्यो । टाढाका र नचिनेकाहरूले पूmल किनेर चढाए । चिनेकाहरूले नाक खुम्च्याए । पण्डित शशिकान्तले देख्यो । उसले सहन सकेन । तिखा आँखा हेरेर रुकुलाई खाउँला भैmँ ग-यो । उसले राताराता आँखा पारेर भन्यो, “कमिनीले मन्दिरमा फूल ल्याउने हो ? पानी नचल्नेको हातको पूmल भगवान्लाई चढ्दैन । अबदेखि यहाँ फूल ल्याइस् भने राम्रो हुँदैन ।”

रुकुले व्रmोध लुकाई । बोलिन । पण्डित फेरि करायो, “धनेको सम्पत्ति उम्लेको हो । छोरो कमाउने भयो भन्दैमा रीतिथिति छोड्न हुन्छ ? हाम्रै अन्नले पेट भ-यो । छोराछोरी पढायो । अहिले डाङ्ग्राडाङ्ग्री माथि चढेछन् । भोलिदेखि फूल बेच्न ल्याइस् भने राम्रो हुँदैन ।” 

कोही पनि रुकुको पक्षमा एक शब्द बोलेनन् । रुकुका आँखा रगतै झर्ला जस्ता भए । अब उसले व्रmोध लुकाउन सकिन । ओठ कमाउँदै उसले भनी, “फूल तिमीहरूको मात्रै हो ? मैले फूल रोप्नु हुँदैन ? मन्दिरमा फूल लैजानु मेरो अपराध हो ? मैले फूल रोप्नुहुन्न र बेच्नुहुन्न भनेर कुन कानुनमा लेखिएको छ ? यो मन्दिर तिमीहरूको मात्रै हो ? मेरा ससुराले औजार नबनाइदिएको भए तिमेर्को खेत बाँभैm रहन्थ्यो । बन्चरो र खुुकुरी अर्जापेर पाइन नहालेको भए अँगेनामा आगो जोरिँदैनथ्यो । कचियाको दाँत नकाटेको भए बस्तुभाउ भोकै मर्थे । मेरा ससुराले जाडो भनेनन्, गर्मी भनेनन् । भोक भनेनन्, प्यास भनेनन् । आफ्नो रगत पसिना सुकाएर आरन चलाए । ठेला फुटाएर घन हाने । आफ्ना चाहनाको मलामी गएर अर्काको आवश्यकता पूरा गरिदिए । त्यो सब मेरा ससुराको अपराध थियो ? तिमीहरू मेरा ससुराको तिनै अपराधको सजाय दिँदै छौ, हैन ?”

मन्दिरमा निकै खैलाबैला भयो । धेरैका कान ठाडा भए । आफ्नो पक्षमा कोही नभएको थाह पाएपछि उसलाई त्यहाँ बस्न मन लागेन । बाँकी फूल बोकेर ऊ घर आई । त्यो दिन उसले कसैलाई मन्दिरको घटना सुनाइन । भोलिपल्ट रुकुले गोविन्दलाई सुनाई । गोविन्दले भन्यो, “म आएपछि कुरा गरौँला । अब फूल बेच्न नलैजाऊ ।”

रुकुले लोग्नेले भनेको मानी । उसले मन्दिरमा फूल लगिन । मानिसहरू कुरा काटिरहेकै थिए । “कामीको घरमा फूलबारी । कसैले नगरेको काम यै कमिनीले गर्नु परेको ।” अरू कत्ति हो कत्ति, भनिसाध्ये थिएन । सहेर मौन बस्यो भने हेप्छन् भन्ने कुरा अस्ति मन्दिरमा भएको घटनाबाट रुकुले पाठ सिकेकी थिई । सुन्ने गरी कसैले कुरा काटे भने ओठभरीको जवाफ दिन थालेकी थिई । ऊ लोग्नेको पखाईमा थिई । मन्दिरमा गरिएको अपमानले उसलाई ग्लानीबोध भएको थियो । सासूससुराले गाली गर्लान् भनेर त्यो कुरा उसले भनेकी थिइन । 

रुकुलाई बिहान एकचोटि फूलबारी नघुमी सन्तोष हुँदैनथ्यो । त्यो दिन पनि सधैँ भैmँ बिहान फूलबारीतिर गई । उसको फूलबारीमा अनौठो घटना घटेको थियो । पूmलबारी तहसनहस पारिएको देखी । फूल सोत्राम भएर लडेका थिए । फूलहरूको हत्या भएको थियो । फूलबारीको बीभत्स दृश्य देखेर मन नराम्ररी रोयो । नौनाडी फतक्कै गले । सासूससुरा र छोरीहरूलाई भनी । बेगम र गुलमोहोरले मन थाम्नै सकेनन् । तिनले आँसु खसाले । बेगमले भनी, “आमा, हाम्रो फूल कसले यस्तो बनायो ? त्यसलाई छाड्नु हुन्न है !” सानी छोरी गुलमोहोरले कुरा पु-याउनै सकिन । भक्किानिई मात्रै । मन छिया छिया भयो । रुकुले लामो खुई गरी । थचक्क बसी । 

उसले सोची, “यी फूलहरूले के अपराध गरेका थिए र यिनको हत्या गरियो ?” उसलाई फूल काटिएको होइन, आपैmँ काटिएको अनुभूति भयो । अवचेतनमा शशिकान्तले दुर्वचन बोले भैmँ लाग्यो– “कमिनीले मन्दिरमा फूल ल्याउने हो ? पानी नचल्नेको हातको फूल भगवान्लाई चढ्दैन । अबदेखि यहाँ फूल ल्याइस् भने राम्रो हुँदैन ।”

बेगम आमालाई सम्झाउँदै थिई, “आमा, अब पिर नगर्नूस् । पूmल फेरि पलाइहाल्छ नि !” रुकुले भनी, “हो छोरी, फूल फेरि पलाउँछ । नपलाउने त शोषक र सामन्ती मन मात्रै हो ।”  मधुपर्क