काठमाडौँ, मङ्सिर १९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबारको खेलमा जनकपुरलाई चार विकटले हराएसँगै लुम्बिनी अन्तिम टिमको रुपमा प्लेअफ प्रवेश गरेको हो । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स प्लेअफ प्रवेश गरिसकेका छन् ।
कीर्तिपुरस्थित मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३२ रन बनाएको बनाएको थियो। १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले चार विकेटको महत्त्वपूर्ण जित निकालेको हो । १९ ओभर एक बल खेल्दै लुम्बिनीले ६ विकेटको क्षतिमा १३६ रन बनाएको हो ।

जनकपुरका लागि संगीत कुरेले तीन विकेट लिँदा मयन यादवले दुई विकेट हात पार्नुभयो ।
सुरुमा ब्याटिङ गरेको जनकपुरका लागि सङ्गीत कुरेले नटआउट सर्वाधिक ४५ रन बनाउनु भएको थियो भने मयन यादव २७ रन थप्नुभएको थियो । ओपनर आशिफ शेखले २० रन जोड्दा सञ्जय कृष्णमूर्तिले १४ रन बनाउनु भएको थियो ।

जनकपुरलाई सस्तैमा समेट्न लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले समान दुई, दुई विकेट हात पार्दा रुबेन ट्रम्पपेलम्यान र जेजे स्मिथले एकएक विकेट हात पार्नु भयो ।
सात खेलबाट आठ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्ने अन्तिम टिम बनेको हो ।