शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवा निवास महाराजगन्जमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार सभापति र अध्यक्षबिच समसामयिक राजनीतिक विषय र संसद पुनःस्थापनाका विषयमा छलफल जारी छ । लामो समयपछि भएको भेटवार्तामा सभापति देउवाका धर्मपत्नी डा. आरजु राणा र अध्यक्ष ओलीका धर्मपत्नी राधिका शाक्यको समेत सहभागिता छ । जेनजी आन्दोलनले सत्ताबाट वहिर्गमन भएपछि पूर्व प्रधानमन्त्रीद्वयको यो सम्भवतः पहिलो अनौपचारिक भेटवार्ता भएको उहाँले बताउनु भयो ।
