• १९ मङ्सिर २०८२, शुक्रबार

गाईको पेटबाट निकालियो किलाकाँटी

blog

गाईको मुखबाट धातु छिराएर भेटभित्रका किला–काँटी र फलामका टुक्रा निकालिँदै । तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम,मङ्सिर १९ गते । पाँचथरको फिदिममा अप्रेसन नगरी नै गाईको पेटबाट किलाकाँटी र फलामका टुक्रा निकालिएको छ । फिदिम नगरपालिका-२ का किसान कृष्ण ओझाले पालेको गाईको पेटबाट झण्डै एकसय ग्राम किलाकाँटी र फलामका टुक्रा निकालिएको हो ।

कुँडो, घाँस र खानेकुरा खाँदा निलिएका ती किलाकाँटी मुखबाट चुम्बकीय यन्त्र छिराएर तानिएको उपचारमा संलग्न पशु चिकित्सक पुष्प नेपालीले जानकारी दिनुभयो ।

केही महिना यता गाई दुब्लाँउदै जानुका साथै दाना कम खाने, जीउ नलाग्ने, उठन र हिँड्न अफ्ठेरो मान्ने जस्ता लक्षण देखिन थालेपछि समस्या पहिचान गर्न पशु चिकित्सक बोलाइएको  थियो।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट गएका पशु प्राविधिक पुष्प नेपालीसहितको टोलीले मेटल डिटेक्टर मेसिनबाट पेट भित्र फलाम रहेको पत्ता लगाएको थियो । त्यसपछि मुखबाट मेटल एसट्राक्टर (फलाम तान्ने धातु) छिराएर त्यहाँ भित्र रहेका किलाकाँटी झिकिएको नेपालीले बताउनुभयो।