इमेज सहकारीका बचतकर्ताको एक करोड रुपियाँ फिर्ता
इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रुपियाँ फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५ सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाख रुपियाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो ।
पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको छ । गुलरिया नगरपालिका –७ बस्ने पत्रकार एवं समाजसेवी कमलराज पौडेलले अक्षयकोष स्थापना गर्न एक लाख एक हजार एकसय ११ रुपियाँ सहयोग गरेपछि अक्षयकोष स्थापना भएको हो ।
यसरी समाधान गर्न सकिन्छ मोही किसानको समस्या
स्वर्गद्वारी गुठीको जग्गामा बसोवास एवम् उपभोग गरिरहेका गुठीपीडित किसानले आश्रमको जग्गा आफ्नो नाममा रैकर गरिनुपर्ने र मोहियानी हक कायम गर्नुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलनमा छन् ।
नेता कलौनीको मुटु परीक्षणका लागि पठाइयो
कञ्चनपुरका कांग्रेस नेता अच्युतराज कलौनीको पोस्टमार्टम रिपोर्टमा मुटुमा अक्लुजन भएको देखिएपछि भिसेरा र मुटु परीक्षणका लागि पठाइएको छ ।
प्रशासन कार्यालयको टोलीद्वारा अस्पतालको अनुगमन
यस क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पतालमध्ये एक नेपालगन्जस्थित भेरी अस्पतालमा जिल्ला प्रशासन कार्यालय बाँकेको अनुगमन टोलीले अनुगमन गरेको छ ।
अवैध उत्खनन रोक्न मध्यरातमा मुख्यमन्त्री खोलामा
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बुधबार मध्यरातमा कमला खोलाको अनुगमन गर्नुभएको छ । धनुषा र सिरहाको सीमाक्षेत्रमा पर्ने कमला नदीमा रातको समयमा नदीजन्य पदार्थको अवैध उत्खनन् भइरहेको जनगुनासो बढेपछि त्यसलाई रोक्न उहाँ मध्यरातमा अनुगमन गर्नुभएको हो ।
बिमाबाट मजदुरका परिवारले पाए सहयोग
नेपालगन्ज उपमहानगरपालिका –१ मा सुरु गरिएको मजदुर लक्षित बिमा कार्यक्रममा सहभागी भई बिमा गराएका व्यक्तिको निधन भएपछि आश्रित परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको छ ।
गाउँपालिकाद्वारा मजदुर सञ्चित कोष स्थापना
तनहुँको म्याग्दे गाउँपालिकाले मजदुर सञ्चय कोष स्थापना गरेको छ ।
बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण
बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो ।
सडेको ४०० केजी मासु प्रहरीद्वारा नष्ट
हिमालपारिको जिल्ला मुस्ताङ लैजाँदै गरेको सडेको मासु प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । मुस्ताङ लगिएको झण्डै चारसय केजी मासु प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
'ठुला भवन र चौडा सडक बनाउनु विकास होइन'
ठुला भवन र चौडा सडक बनाउनु मात्रै विकास नभएको सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठकले बताउनुभएको छ ।
मिरकोटमा चितुवाको माउ र बच्चा मृत भेटियो
गोरखाको मिरकोटमा चितुवाको माउ र बच्चा मृत अवस्थामा भेटिएका छन् ।
देवानगञ्जबाट गाँजा बरामद
सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीबाट तीन सय ५० केजी गाँजासहित भारतीय स्कोरपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘एचपिभी खोप अभियानलाई लक्षित समूहसम्म पुर्याउनुपर्छ’
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले एचपिभी खोप अभियानलाई लक्षित समूहसम्म पुर्याउन सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभएको छ।
पोखराको पर्यटन विकासका लागि स्विस कन्ट्रयाक्टले सघाउने
पोखरा महानगरपालिका र स्विस कन्ट्रयाक्टबिच दिगो पर्यटन विकासका नीति तथा योजनाहरू निर्माणमा सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ ।
झाडी फाडेर सुन्तला बगान
कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो ।
टिपर दुर्घटनामा चालकको मृत्यु
मकवानपुरको मकवानपुरगढी–७, खोटारमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
चौथो यले दोङ बास्केटबल प्रतियोगिता माघ २८ मा
किराँतहरुको नयाँ वर्ष यले दोङ ५०८५ (यलम्वर संवत) को अवसरमा यही माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
अस्पतालको शौचालयमा युवक मृत फेला
कैलालीको धनगढीस्थित नोभा अस्पताल प्रालिको शौचालयमा एक युवक मृत भेटिनुभएको छ ।
काँग्रेस संसदीय दलको बैठक सुरु
सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।
घाँस प्रजातिका वनस्पति मासिँदै
पूर्वी मोरङका राष्ट्रिय वन र सामुदायिक वनमा घाँस प्रजातिका वनस्पतिहरूले पालुवा फेर्नै पाउन छोडेका छन् ।बनसँग आश्रित भएर बाख्रा पाल्ने किसानले घाँस प्रजातिका वनस्पतिले पालुवा फेर्ने बित्तिकै काटेर लान थालेपछि बनमा घाँस प्रजाति वनस्पतिको बीउ पाक्न छोडेको छ । बीउ पाक्न नपाएपछि नयाँ बिरुवा समेत उम्रिन छोडेका छन् ।
एकल चेपाङ महिलालाई बाख्रा वितरण
इच्छाकामना गाउँपालिका वडा नम्बर–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई सपना भिलेज सोसियल इम्प्याक्टले आयआर्जनका लागि बाख्रा वितरण गरेको छ । सशक्तीकरण परियोजनामार्फत हरेकलाई बुधबार उपहारस्वरूप बाख्रा प्रदान गरिएको हो ।
धौलागिरि हिमालको आधार शिविर
म्याग्दी, माघ २४ गते । समुद्र सतहदेखि चार हजार ५० मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ को मा पर्ने धौलागिरि आइसफल पदमार्गबाट देखिएको धौलागिरि हिमालको आधार शिविर क्षेत्र । धौलागिरि हिमालको फेददेखि शिरसम्म अवलोकन गर्न पाउनु धौलागिरि आइसफल पदमार्गको विशेषता हो । तस्बिरः रासस
प्युठानको पाङबाङ गाउँ
दाङ, माघ २४ गते । प्युठान माण्डवी गाउँपालिका २ स्थित मौरीछेडाबाट देखिएको सरुमारानी गाउँपालिका ६ को पाङबाङ गाउँ । दाङसँग सिमाना जोडिएको पाङबाङ गाउँमा जनजाति र दलित समुदायको बाहुल्य छ। तस्बिरः रासस