नेपालगन्जमा ५५ फिट अग्लो रावणको पुतला दहन
नेपालगन्जको रामलिला मैदानमा शनिबार साँझ भव्य कार्यक्रमका बिच ५५ फिटको रावणको पुतला दहन गरिएको छ।
राष्ट्रपतिबाट प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस वर्षको विजया दशमीको टीका र जमरा लगाइदिनु भएको छ ।
झोलुङ्गे पुलबाट हाम्फालेर एकको मृत्यु
रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ मा रहेको झोलुङ्गे पुलबाट हाम्फालेका एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
टर्कीमा ११ आप्रवासी पक्राउ
उत्तरपश्चिम टर्की प्रान्त टेकिर्दागमा नियम उल्लंघन गरी सवारीसाधनमा भाग्न खोज्दा ११ गैरकानुनी आप्रवासीलाई पक्राउ परेका छन् ।
राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको महान् चाड विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका र जमरा प्रदान गर्नुभएको छ ।
करेन्ट लागेर दुई बालिकाको मृत्यु
मकवानपुरमा करेन्ट लागेर दुई जना बालिकाको मृत्यु भएको छ ।
दसैँले सबैमा शान्ति र प्रेम विकास गर्नेछ : मुख्यमन्त्री सिंह
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले धर्म र न्यायको प्रतिष्ठा गर्ने विजयादशमीले सबैमा शान्ति, प्रेम र करुणाको विकास गर्ने अपेक्षा गर्नुभएको छ ।
परम्परागत घरेलु मदिरा बनाइँदै
दसैं आएसँगै प्युठानको ऐरावती गाउँपालिका ६ स्थित गाउँमा परम्परागत शैलीबाट घरेलु मदिरा (रक्सी) बनाइँदै छ । आदिवासी जनजाति समुदायले जन्मदेखि मृत्युसम्म गर्ने विभिन्न कार्य क्रियाकलापमा रक्सी अनिवार्य प्रयोग गर्ने गरिन्छ ।
बाँकेमा दुई करोड बढीका दुर्गा मूर्तिहरु प्रतिष्ठापन
बाँकेमा यस वर्ष दसैंको अवसरमा जिल्लाका विभिन्न स्थानमा दुई करोड रुपियाँ भन्दा बढीका दुर्गा भवानीका मूर्तिहरु प्रतिष्ठापन गरिएका छन् ।
बजाउने व्यक्तिहरु नहुँदा बिक्न छाडे सारंगी
कुनै समय गाउँका अधिकांश गन्धर्व समुदायले सारंगी बजाउथे । त्यही सारंगीको भरमा विभिन्न गाउँ गाउँमा पुगेर गीत गाउँथे र परिवारको जीविका चलाउँथे । अहिले त्यो समय हराउँदै गएको छ । गाउँहरूमा सारंगी बजाउने र गीत गाउने गन्धर्वहरू घट्दैगएका छन् ।
भक्तपुरमा ब्रम्हायणी जात्राको रौनक
प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा सुरु भएको छ ।
यो विकर्षण नेताको हो कि पार्टीको ?
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सञ्जयकुमार गौतमले संघीय संसदका दुई ठूला दल मिलेर सरकार बन्नु असहज कुरा भए पनि देशमा राजनीतिक स्थिरता दिन आवश्यक रहेको बताउनु भएको छ ।
५५ फिट अग्लो रावणको आज बध गरिंदै
नेपालगन्जको रामलिला मैदानमा शनिवार दिउँसो भव्य कार्यक्रमबिच ५५ फिटको रावणको पुत्ला दहन गरिदैछ । विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको १०औँ दिन शनिवार दिउँसो भव्य मेलामा रावण बध गर्न लागिएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो ।
संस्कृतिले देश एकताबद्ध बनाउन सहयोग गरेको छ
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको सांस्कृतिक पर्वले देशलाई एकताबद्ध बनाउन सहयोग गरेको बताउनुभएको छ ।
दसैँमा आज पोखरामा निःशुल्क बस सञ्चालन
विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् ।
दसैंले आत्मनिर्भर प्रदेश बनाउन उर्जा प्रदान गर्नेछ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व २०८१ बाट ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पूरा गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
विजयादशमीको अवसरमा भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीद्वारा शुभकामना व्यक्त
भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका अवसरमा शुभकामना दिनुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा यस वर्षको दशैँको टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण
प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । उहाँले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नुभएको हो ।
कैदीबन्दीलाई दसैँको टिका
तनहुँ कारागारका कैदीबन्दीलाई नेपालीहरुको महानपर्व विजया दशमीको अवसरमा आज टिका तथा जमरा लगाउने अवसर पाएका छन् ।
दसैँ टीकाको साइत आरम्भ
विजयादशमीको टीकाको साइत आरम्भ भएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ३६ मिनेट जाँदा टीकाको शुभ साइत सुरु भएको हो ।
पर्यटकको आकर्षक गन्तव्य बन्दै विचित्र गुफा
गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ ।
बागेश्वरी मन्दिरमा दुईसय बढीले जिब्रो छेडे
दसैंको अवसरमा नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्नेहरु बढ्दै गएका छन् ।
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन ।