सन्तोष दहित
दाङ, फागुन १४ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको द्वैध चरित्रका कारणले माओवादीले जनादेश गुमाउन पुगेको बताउनुभएको छ ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले सरकारको नेतृत्वमा रहदा प्रचण्डले अवलम्वन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको दाबी गर्नुभयो ।
यस्तै, उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसको सहयोगमा सत्ता समिकरणको कथित म्याजिक नम्वर पाउन सफल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ती दलहरुको सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा ती दल ठुला भएको हास्यास्पद दावी गरेको उल्लेख गर्नुभएको छ ।
वास्तवमा सरकारको नेतृत्वमा रहदा प्रचण्डले अवलम्वन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको हो, महासचिव पोख्रेलले भन्नुभएको छ, "यो क्रम निरन्तर जारी छ । त्यसको हेक्का भएर नै प्रचण्डमा यतिवेला तिव्र निरासा र छटपटाहट देखिन थालेको छ ।"
साच्चै नेपालको राजनीतिलाई विकास र समृद्धिका लागि राजनीतिक अस्थिरताको दुश्चक्रवाट मुलुकलाई वाहिर निकाल्ने हो भने राजनीतिक ध्रुविकरणको वाटोमा जानु आवश्यक रहेको उहाँले चर्चा गर्नुभएको छ ।
अव आउने चुनावमा सबै राजनीतिक दलले गठवन्धनविना आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नु पर्दछ, महासचिव पोख्रेलले भन्नभएको छ, "यस्तो भएमा कथित म्याजिक नम्वरको नाममा साना दलले ठुला दलहरुमाथि शासन गर्ने स्थितको अन्त्य हुनेछ ।"