थिमिको कुभिण्डे जात्रा सम्पन्न
दसैँको अवसरमा मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न भएको छ ।
बङ्गलादेशमा डेङ्गु सङ्क्रमण उच्च
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो ।
उनन्तीस खानेपानी योजना सम्पन्न
आर्थिक वर्ष २०८०/८१ मा तनहुँ र नवलपुरमा २९ वटा खानेपानी योजना सम्पन्न भएका छन् ।
बाढीबाट चन्द्रनहरमा लाखौँको क्षति
हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति भएको छ । नहरका विभिन्न भागका बाँध भत्केका छन् ।
दुर्गा भवानीको मूर्ति विसर्जनको ड्रोनबाट निगरानी
विजयादशमीको घटस्थापनादेखि नेपालगन्जमा स्थापना गरिएका दुर्गा भवानीका मूर्तिहरूको विसर्जन आइतबार दिउँसोबाट गरिने भएको छ ।
पन्क्षीलाई पनि जलवायु परिवर्तनको असर
जलवायु परिवर्तनको असरले जलचर, स्थलचर प्रभावित भइरहेका बेला आकाशमा उड्ने पन्क्षी समेत यसको मार खेप्न बाध्य भइरहेका छन् ।
काभ्रेपलान्चोकको सात वटा मोटरेबल पुलमा पूर्ण क्षति
अविरल वर्षासँगै आएको बाढीका कारण काभ्रेपलाञ्चोक जिल्लामा रहेका ४८ वटा मोटरेवल पुलमा क्षति पुगेको छ ।
थारु गाउँबस्तीमा सखिया नाचको रौनक जारी
बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा दसैँको बेला नाचिने ‘सखिया नाच’ को रमझम जारी रहेको छ ।
रैथाने गाई संरक्षण गर्न किसानलाई भत्ता
गुल्मीको पश्चिमी ग्रामीण भेग अग्लुङ्गमा रैथाने गाईको संरक्षण गर्न गाईपालक किसानलाई भत्ता प्रदान गरिने भएको छ ।
जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल
जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन् ।
मार्फामा ४० वर्षपछि तापक्रम अस्वाभाविक परिवर्तन
हिमालपारिको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वाभाविक परिवर्तन भएको पाइएको छ ।
टाउको नभएको शव भेटियो
बाँकेको कोहलपुर नगरपालिका–८ पिपिरीमा टाउको नभएको एक पुरुषको शव भेटिएको छ । ती पुरुषको दसैँको दिन राति घाँटी काटेर हत्या गरिएको हो ।
बन्दीपुरमा पर्यटकको चहलपहल
जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् ।
हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
टीकाको दिन कैलालीमा १६ सवारी दुर्घटना
दसैँ टीकाको दिन कैलालीमा १६ स्थानमा सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मान्छेले मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी साधन चलाउँदा धेरै दुर्घटना भएका हुन् ।
दसैँमा सुनसान मार्तडी बजार
बाजुरामा दसैँ लागेसँगै जिल्लाको मार्तडी बजार सुनसान बनेको छ । मार्तडी बस्दैआएका अधिकांश स्थानीय दसैँ मनाउन गाउँघर गएसँगै मार्तडी बजार केही दिनदेखि सुनसान बनेको हो ।
मन्त्री यादवद्वारा भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण
खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्ज महानगरपालिका –३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
पेसागत हतियार प्रदर्शन गर्दै मनाइयो पाँय् न्ह्याकेगु जात्रा
विजयादशमीका अवसरमा आज भक्तपुरमा परम्परागत हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सम्पन्न भएको छ ।
अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन
सुख्खा पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग एकतर्फी सुचारु भएको छ ।
प्रधानाध्यापकलाई आनन्द आश्रम प्रज्ञा सम्मान
आँधीखोला ५ मा रहेको आनन्द आश्रम ज्ञानकेन्द्रले दुई जना प्रधानाध्यापकलाई सम्मान गरेको छ ।
चाडपर्व लक्षित बजार अनुगमन : तीन लाख बढीको सामान नष्ट
बडादसैँलाई लक्षित गरी यहाँ गरिएको बजार अनुगमनका क्रममा रु तीन लाख बढीको सामान नष्ट गरिएको छ ।
स्याङ्जाका एघार अतिरिक्त हुलाक खारेज
स्याङ्जाका ११ अतिरिक्त हुलाक कार्यालयहरू खारेज भएका छन् । नेपाल सरकारले अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली २०८० कार्यान्वयनमा ल्याएसँगै यहाँका ११ अतिरिक्त हुलाक कार्यालय खारेज भएका हुन् ।
गुल्मी र प्युठानको सीमामा रहेको सुन्दर अग्लुङ्गफेदी
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ मा अवस्थित अग्लुङ्गफेदी बजार गुल्मी र प्युठानको सिमानामा छ।
महिनावारी हुने महिलालाई गोरस नदिने चलन कायमै
बाजुरामा महिनावारी भएका महिलालाई गोरस (दुध, दही र मही) नदिने चलन कायमै रहेको छ ।