• १३ पुस २०८१, शनिबार

अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन

blog

केदार तिमल्सिना 

बनेपा, असोज २७ गते । सुख्खा पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग एकतर्फी सुचारु भएको छ । शनिबार राति आएको सुख्खा पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग आइतबार बिहान १० बजेबाट एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

सुख्खा पहिरोका कारण शनिवार राति ९ बजेदेखि अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८ स्थित ५० किलोमा राजमार्ग अवरुद्ध भएको थियो । सडक विभाग, स्थानीय तहको समन्वयमा जेसिभिबाट पहिरो पन्छाएर एकतर्फी रूपमा राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । उहाँले दुईतर्फी  यातायात सञ्चालनका लागि केही समय लाग्ने बताउनुभयो ।