सुख्खा पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध
अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका-८ मा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
ब्यारियर जमुनाहा नाकामा सारिएपछि आवागमन सहज
नेपालगन्ज १६ जयसपुरस्थित पुरानो भन्सार कार्यालय अगाडिको ब्यारियर त्यहाँबाट जमुनाहा नाकामा सारिएपछि स्थानीयलाई रातिको समयमा आवागमनमा सहज भएको छ ।
दुर्गा भवानीको प्रतिमा सेलाइँँदै
विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदै छ । यहाँका सहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाइने गरिन्छ ।
मूर्ति हेर्न र दर्शन गर्न नपाइने त्रिपुरासुन्दरी भगवती
पुजारीबाहेक मन्दिरमा कसैलाई भगवतीको पूजाआजा तथा दर्शन गर्न निषेध गरिएको छ ।
सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’
म्याग्दीको बेनी नगरपालिका-९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आउनुभएको छ ।
चिताएको पूरा गर्ने बिजुलीकोट देउता (फोटो फिचर)
प्युठानको ऐरावती गाउँपालिका-६ च्यूरापानीस्थित ऐतिहासिक धार्मिकस्थल बिजुलीकोट मानिन्छ । यहाँ हरेक दसैँको रामनवमीका दिनमा ठुलो मेला (राम) लाग्ने गर्दछ ।
फुटबल प्रतियोगिताको उपाधि नवदुर्गा युवा क्लबलाई
दसैंको अवसरमा बाँकेको डुडुवामा हरेक वर्ष सञ्चालन गरिंदैआएको एक लाख रुपियाँ पुरस्कार राशिको खुल्ला फुटबल प्रतियोगिताको उपाधि यस वर्ष आयोजक नवदुर्गा युवा क्लबले हात पारेको छ ।
पाकिस्तानमा जनजातिहरू बिचको झडपमा ११ जनाको मृत्यु
पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँच जना बालबालिका र छ जना महिला रहेका छन् ।
बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो
केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा ठूलो नोक्सानी भएको छ ।
दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा
बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन्
बन्दीपुर घुम्न आएका विदेशीलाई दसैँको टीका
तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए ।
यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा
विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ ।
८३ कैदीबन्दीले आफन्तको हातबाट टीका लगाए
बडादसैँको दशौ दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो ।
मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी, व्रत गरिँदै
आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।
यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना
लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
नेपाली सेनालाई स्वर्ण पदक
विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ ।
चाडपर्वमा तडकभडक नभई शान्त र सामान्यसँग मनाउन महामन्त्री शर्माको आग्रह
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चाडपर्व तडकभडक रूपमा नभई शान्त र सामान्यसँग मनाउन आग्रह गर्नुभएको छ।
काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई, नेपाल पराजित
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।
नेपालगन्जमा हिन्दु र मुस्लिम दुवै समुदाय मिलेर लगाए दसैँको टीका
हिन्दु र मुस्लिम सद्भावका लागि देशमै चिनिएको नेपालगन्जमा बडादसैँको दिन मुस्लिम समुदायका अगुवाले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका छन्।
देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छ: सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ।
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्धार यात्राको शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची महाकाली राष्ट्रिय उद्धार यात्रा, २०८१ को आज शुभारम्भ गर्नुभएको छ।
नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु
काठेखोला गाउँपालिका-२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ। छ वर्षअघि नै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो।
कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनः स्थापना
दरबार परिसरको मूल चोकबाट जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित देवीको प्रतिमा मन्दिरबाट मूल चोकमा ल्याइएको थियो ।