• २६ असोज २०८१, शनिबार

नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु

blog

बागलुङ असोज २६ गते। काठेखोला गाउँपालिका-२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ। छ वर्षअघि नै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो। 

सङ्घीय सरकारकार र काठेखोला गाउँपालिकाको दुई करोड ७५ लाख ६४ हजार २५३ लागतमा भवन निर्माण भएको काठेखोला गाउँपालिका-२ भिमापोखराका वडा अध्यक्ष विद्यापती शर्माले बताउनुभयो।