• २६ असोज २०८१, शनिबार

कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना

blog

काठमाडौँ, असोज २६  गते । हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनःस्थापना गरिएको छ ।

दरबार परिसरको मूल चोकबाट जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित देवीको प्रतिमा मन्दिरबाट मूल चोकमा ल्याइएको थियो ।

शुक्रबार राति १० बजेको शुभ साइतमा कुमारीलाई देवीको दर्शन गराएपछि आज तलेजुको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिनुभयो । 

हरेक वर्ष विजया दशमीका  दशमीका दिन देवीको मूर्तिलाई शास्त्रोक्त विधिपूर्वक मन्दिरमा  स्थापना गरेपछि दसैँको टीका प्रारम्भ गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो ।