• ११ मंसिर २०८१, मङ्गलबार

चाडपर्वमा तडकभडक नभई शान्त र सामान्यसँग मनाउन महामन्त्री शर्माको आग्रह

blog

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । फाइल तस्बिर

काठमाडौँ, असोज २६  गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चाडपर्व तडकभडक रूपमा नभई शान्त र सामान्यसँग मनाउन आग्रह गर्नुभएको छ। 

दसैँ, तिहार, नेपाल संवत्, बलिहाङ तङनाम र छठ पर्वको शुभकामना दिँदै उहाँले हालै प्राकृतिक विपद्का कारणले धेरै जनधनको क्षति भएको उल्लेख गर्दै यस्तो समयमा शान्त, संयम र सामान्यसँग पर्व मनाउन अनुरोध गर्नुभएको हो। 

“एकातिर प्राकृतिक विपद्को पीडा र अर्कोतर्फ सांस्कृतिक पर्वहरूको आगमन, भर्खरै हामीले बाढी र पहिरोमा दुई सयभन्दा बढी आफन्त गुमाएका छौँ। यस्तो समयमा चाडपर्व मनाउँदै गर्दा तडकभडक र फजुल खर्च नगरौँ। शान्त, संयम र सामान्यसँग मनाऔँ”, उहाँले भन्नुभएको छ। रासस