किशोरी हत्याका आरेपित ५८ वर्षीय भण्डारी सार्वजनिक
शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षिय आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरिएको हो ।
गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।
वर्षाको सम्भावना
पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
फेवा किनारमा थरी थरी पिङ
लामो सार्वजनिक बिदा हुने दसैँ, तिहार पछिल्लो समय घुमफिरका अवसरसमेत बन्दै गएका छन्। पर्यटन राजधानी पोखराको फेवाताल किनारमा अहिले आन्तरिक र बाह्य पर्यटकको चहलपहल छ।
तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या
तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदीबन्दीको उपचारमा समस्या भएको हो ।
बन्दै छ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम
चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ।
मिथिला सागर र आसपासको दृश्य
धनुषाको मिथिला नगरपालिका-७ पोखरियास्थित मिथिला सागर र आसपासको मनोरम दृश्य। यो ठाउँ अहिले आन्तरिक पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्दै गएको छ
‘भजन कीर्तन’ ज्येष्ठ नागरिक भुल्ने माध्यम बन्दै
वालिङ नगरपालिका–८ का तुल्सीराम उपाध्याय उमेरले ९७ वर्ष पुग्नुभयो । उहाँ लौरोको सहारामा पतञ्जलि योग पीठ वालिङमा दैनिक भजन कीर्तन गर्न पुग्नुहुन्छ ।
नेपालगन्जमा दुर्गा भवानीको मूर्ति विसर्जन अघि नगरपरिक्रमा
विजयादशमीको घटस्थापनादेखि नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीका मूर्ति विसर्जनका लागि निकालिएका जुलुसले अहिले नगर परिक्रमा गरिरहेका छन्।
पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै
धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन।
मान्यजनबाट टीका र जमरा थाप्नेक्रम जारी
दुर्गा पक्ष एवं बडादसैँको ११औँ दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ।
झापामा दुर्घटनामा तीन जनाको मृत्यु
झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
दसैँमा टीका लगाउन ससुराली आएका ज्वाइँको डुबेर मृत्यु
बडादसैँमा ससुरालीमा टीका लगाउन आएका एक व्यक्तिको आइतबार तनहुँमा मृत्यु भएको छ।
पाँच सय वर्षे खड्ग जात्रा सञ्चालनमै समस्या
आर्थिक अभाव हुन थालेपछि दोलखाको भीमेश्वर नगरपालिका-२ को ऐतिहासिक सहर दोलखामा परम्परागत रूपमा प्रत्येक वर्ष मनाइँदै आएको पाँच सय वर्षे खड्ग जात्रा थेग्न समस्या हुँदै आएको छ।
आन्तरिक पर्यटकले खचाखच तौलाहा ताल
धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा रहेको तौलाहा ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ।
तनहुँमा डेंगु बढ्दो
तनहुँमा डेंगु फैलिँदा बडादसैँको रौनकता बढ्न सकेको छैन । विशेष गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी बजार क्षेत्र र सदरमुकाम दमौलीमा घरैपिच्छेका मानिस बिरामी हुँदा चाडपर्वको समयमा आफन्त, इष्टमित्रमा खुसी छाउन नसकेको हो ।
लमजुङमा जिप दुर्घटना : २२ जना घाइते, पाँचकाे अवस्था गम्भीर
लमजुङको सारिङबाट सदरमुकाम बेँशीसहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएको छ ।
फोक्सोलाई कसरी स्वस्थ राख्ने ?
फोक्सोले अक्सिजन आपूर्ति कार्बन डाइअक्साइड हटाउने : फोक्सो शरीरमा अक्सिजन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
बोल्न नसक्ने महिलालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक जना पक्राउ परेका छन्।
पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटाली प्रस्थान
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गर्नुभएको छ ।
फालेलुङका बाढीपहिरो प्रभावितलाई राहत वितरण
पाँचथरको फालेलुङ गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण सुरु गरिएको छ ।
पर्वतारोहीको शव ल्याउन समस्या
म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका क्रममा गत मंगलबार ज्यान गुमाएका पाँच जना रुसी आरोहीको शव अझै उठाउन सकिएको छैन ।
चितवनमा टीका लगाउन आउनेलाई दुध, दही र मोही
निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो ।