• १० मंसिर २०८१, सोमबार

नेपालगन्जमा दुर्गा भवानीको मूर्ति विसर्जन अघि नगरपरिक्रमा

blog

मूर्ति विसर्जनका लागि राप्ती लैजाने क्रममा नगरपरिक्रमा हुँदै। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज २७ गते। विजयादशमीको घटस्थापनादेखि नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीका मूर्ति विसर्जनका लागि निकालिएका जुलुसले अहिले नगर परिक्रमा गरिरहेका छन्। 

नेपालगन्जका विभिन्न स्थानबाट उठाइएका दुर्गाका मूर्तिसहितका जुलुसले बाजागाजासहित विभिन्न नारा लगाउँदै नगरका विभिन्न ठाउँमा परिक्रमा गरेर राप्ती नदीतर्फ विसर्जनका लागि लगिएको हो।

ट्रक, ट्रली लगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर प्रसाद वितरण गर्दै नगरपरिक्रमा गर्नेक्रम गरिएको हिन्दु समुदायका अगुवा दीपक राजपूतले बताउनुभयो। 

उहाँले बाँके जिल्लाका सहर तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी र मान खोलातर्फ सेलाउन लागिएको बताउनुभयो। जुलुसमा जयश्रीराम शक्तिदलका युवाले लाठी प्रदर्शन गरेका थिए।

नगरमा राखिएका करिब दुई सय ५० बढी मूर्तिलाई ट्रक, ट्रली लगायत विभिन्न सवारी साधनमा राखेर राप्तीनदीको सिधनियाघाटतर्फ लगिएको अर्का अगुवा नन्दलाल वैश्यले बताउनुभयो। 

उहाँका अनुसार आइतबार सबै मूर्ति लगेर राप्ती नदीको सिधानिया घाटमा सेलाइएको छ।