• २८ असोज २०८१, सोमबार

दसैँमा टीका लगाउन ससुराली आएका ज्वाइँको डुबेर मृत्यु

blog

सांकेतिक तस्बिर

अमरराज नहर्की

तनहुँ, असोज २७ गते। बडादसैँमा ससुरालीमा टीका लगाउन आएका एक व्यक्तिको आइतबार तनहुँमा मृत्यु भएको छ।

व्यास नगरपालिका व्यास नगरपालिका-६ श्याम्घामा  ४० वर्षीय नारायणप्रसाद पोख्रेलको  मादी नदीमा नुहाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो। नवलपुरको गैँडाकोट नगरपालिका-२ घर हुनुभएका पोख्रेल आइतबार बिहान नदीमा नुहाउन जानु भएको थियो।

नुहाउने क्रममा भुमरीमा परेर उहाँको मृत्यु भएको थियो। उहाँको शव करिब एक किलो मिटर तल फेला परेको थियो। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।