• २८ असोज २०८१, सोमबार

लमजुङमा जिप दुर्घटना : २२ जना घाइते, पाँचकाे अवस्था गम्भीर

blog

गाेरखापत्र अनलाइन

काठमाडौं, असाेज २७ गते । लमजुङको सारिङबाट सदरमुकाम बेँशीसहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएको छ । दुर्घटनामा परि चालकसहित २२ जना घाइते भएका छन् भने घाइतेहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते भएका पाँच जनालाई चितवनको भरतपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको हो । यस्तै, अन्य घाइतेको जिल्ला सदरमुकाममै उपचार भइरहेको उहाँले बताउनुभयो ।

ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० मा दुर्घटना भएको थियो ।