• २६ असोज २०८१, शनिबार

दसैंले आत्मनिर्भर प्रदेश बनाउन उर्जा प्रदान गर्नेछ : मुख्यमन्त्री आचार्य

blog

गणेश खनाल

अर्घाखाँची, असोज २६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व २०८१ बाट  ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पूरा गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । 

गृहजिल्ला अर्घाखाँची रहनुभएका आर्चायले बडादसैँ २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले प्रदेश सरकारले समृद्धि, विकास, सुशासनको चाहना पूरा गर्ने अभियानमा आफ्नो भूमिकाहरू अगाडि बढाइरहेको बताउनुभयो । बडादसैँले थप ऊर्जा थप्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री आचार्यले नेपाली मौलिक सांस्कृतिक पर्वहरूले एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको स्मरण गर्दै यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्दैआएको समेत उल्लेख गर्नुभयो । ‘यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहित सामाजिक–आर्थिक समृद्धि, एकता,आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुगाउने विश्वास लिएको छु, सन्देशमा भनिएको छ ।