• २६ असोज २०८१, शनिबार

मिर्गौला पीडितका लागि छ लाख सङ्कलन

blog

तनहुँ, असोज २६ गते। देवघाट गाउँपालिका-२ नरम निवासी मिर्गौला पीडित ४९ वर्षीय यमबहादुर थापाको उपचारका लागि छ लाख सङ्कलन भएको छ। तीन वर्षदेखि सञ्चालित‘यमबहादुर थापा बचाऊ’अभियानबाट उक्त रकम सङ्कलन भएको हो। 

अभियानका संयोजक हीरा थापाका अनुसार स्वदेश तथा विदेशमा रहेका नेपालीले उक्त रकम प्रदान गरेका हुन्। कछार सेवा सरोकार समाजका अध्यक्ष खड्क मगरले यमबहादुरको उपचारका लागि देवघाटका विद्यालय, युवा क्लब, टोल विकास संस्था, आमा समूह तथा विभिन्न सङ्घसंस्थासँग पनि अनुरोध गर्नुभएको थियो।