• २६ असोज २०८१, शनिबार

यो विकर्षण नेताको हो कि पार्टीको ?

blog

काठमाडौँ, असोज २६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सञ्जयकुमार गौतमले संघीय संसदका दुई ठूला दल मिलेर सरकार बन्नु असहज कुरा भए पनि देशमा राजनीतिक स्थिरता दिन आवश्यक रहेको बताउनुभएको छ । 

वर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता गौतम लोकतन्त्र, गणतन्त्र र संघीयताजस्ता महत्वपूर्ण उपलब्धि हासिल भए पनि विकास र समृद्धिमा फड्को मार्न अझै बाँकी छ भन्नुहुन्छ । 

गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’ भिडियो वार्तामा नेता गौतमले राजनीतिप्रतिको वितृष्णा हो कि नेताहरूप्रतिको वितृष्णा हो भन्ने विषयमा पनि आफ्नो स्पष्ट भनाइ राख्नु भएको छ ।  

स्थानीय तहलाई अझ बलियो बनाउने र लगाम लगाएर स्थानीय तहमा मौलाएको भ्रष्टाचारलाई रोक्न जरुरी छ रहेको धारणा राख्नुभयो । संघीय संरचना भद्दा भएको र यथास्थितिमा प्रदेश सरकारको औचित्य नभएको दाबी गर्नुभएको छ । गौतम भन्नुहुन्छ, ‘‘संघीय संरचना पार्टीका कार्यकर्ता भर्ती गर्ने केन्द्र बनेको छ भन्दै देशलाई केन्द्रमा राखेर नेतृत्व अगाडि बढ्नुपर्छ ।’’ 

नेता गौतम बर्दिया जिल्लाबाट तीन पटक सांसद निर्वाचित भइसक्नु भएको छ । २०७०, २०७४ र बर्दियाबाट निर्वाचित हुनुभएको छ । उहाँले तत्कालीन नेकपा (एमाले) का नेता वामदेव गौतम २०७९ को निर्वाचनमा पराजित गरी सांसदमा निर्वाचित हुनुभयो ।

गौतम विसं. २०३६ बाट राजनीतिमा लाग्नु भएको हो । कांग्रेस गाउँ समिति सदस्य, क्षेत्रीय कार्यसमिति सदस्य, जिल्ला सचिव, वर्दियाको जिल्ला अध्यक्ष हुनुभएका गौतम नेपाली कांग्रेसका केन्दीय सदस्य  हुनुहुन्छ । 

प्रतिनिधि सभाको लेखा समितिको सदस्य रहनुभएका गौतम आफ्ना भनाइ स्पष्ट राख्ने नेताको रुपमा चिनिनुहुन्छ । बुबा  किशोरकुमार र आमा रक्षा गौतमका छोरा सञ्जयकुमार गौतमसँग समसामयिक राजनीति, लेखा समितिको लेखाजोखा र बर्दियाको विकासमा उहाँले गर्नुभएको योगदानमा केन्द्रित रहेर गोरखापत्र अनलाइनका लागि नारद गौतम र मनोजरत्न शाहीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद सञ्जयकुमार गौतमसँग गर्नुभएको भिडियो संवाद : 


Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनका सम्पादक हुनुहुन्छ ।