• १८ पुस २०८१, बिहिबार

टर्कीमा ११ आप्रवासी पक्राउ

blog

टर्की, असोज २६ गते । उत्तरपश्चिम टर्की प्रान्त टेकिर्दागमा नियम उल्लंघन गरी सवारीसाधनमा भाग्न खोज्दा ११ गैरकानुनी आप्रवासीलाई पक्राउ परेका छन् । इहलास समाचार एजेन्सीका अनुसार सराय जिल्लामा अनियमित बसाइँसराइ विरुद्ध लड्नका लागि जेन्डरमेरी बलहरूले अभियान शुरु गर्दा उनीहरु पक्राउ परेका हुन् । 

फरार संदिग्ध मानव तस्करलाई पक्रन प्रयास जारी रहेको बताइएको छ । ग्रीस र बुल्गेरियाको सिमाना नजिकै रहेको टर्कीको उत्तरपश्चिमी थ्रेस क्षेत्र हालसालै जमिनबाट अवैध रूपमा युरोप प्रवेश गर्न खोज्ने गैरकानूनी आप्रवासीहरूका लागि रुचाइएको मार्ग बनेको छ । 

मानव बेचबिखन नियन्त्रण गर्न प्रहरीले यस मार्गका प्रमुख नाकाहरूमा नियमित चेकजाँच गर्ने गरेको छ । सिन्ह्वा