• २६ असोज २०८१, शनिबार

परम्परागत घरेलु मदिरा बनाइँदै

blog

परम्परागत शैलीबाट घरेलु मदिरा (रक्सी) बनाइँदै । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज २६ गते । दसैँ आएसँगै प्युठानको ऐरावती गाउँपालिका-६ स्थित  गाउँमा परम्परागत शैलीबाट घरेलु मदिरा (रक्सी) बनाइँदै छ । आदिवासी जनजाति समुदायले जन्मदेखि मृत्युसम्म गर्ने विभिन्न कार्य क्रियाकलापमा रक्सी अनिवार्य प्रयोग गर्ने गरिन्छ ।

भोतभतेर, जात्रा, पूजाआजा, शुभकार्य, चाडपर्वलगायतका अन्य उत्सवमा रक्सीको अनिवार्य प्रयोग गर्ने गरिन्छ । पाहुना आउँदा स्वागत गर्नेदेखि लिएर सगुन दिने लिने कार्यमा रक्सीको प्रयोग हुने गर्दछ । 

आदिवासी जनजाति समुदायका महिलाले अझै पनि परम्परागत शैलीमा रक्सी बनाउने (पार्ने) गर्दछन् । गहुँ, मकै, कोदो, जौं, चामल लगायतका अन्नलाई पकाएर त्यसमा मर्चा (जडिबुटी झार, चामलको पिठो, कुरिलो लगायतबाट बनाइएको) राखेर केही दिनसम्म घैँटोमा राखेपछि जाँड बनाउने र त्यही जाँडबाट रक्सी बनाइने प्रचलन रहेको छ ।