• २६ असोज २०८१, शनिबार

राष्ट्रपतिबाट प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका

blog

राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका र जमरा लगाइदिनु हुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ, असोज २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस वर्षको विजया दशमीको टीका र जमरा लगाइदिनु भएको छ । 

यसैगरी, उपप्रधानमन्त्रीलगायत विशिष्ट महानुभावहरूलाई पनि विजया दशमीको उपलक्ष्यमा टीका र जमरा लगाइदिनुभएको जानकारी राष्ट्रपतिको सचिवालयले दिएको छ ।