रामेछापमा अलपत्र पर्यटक फाप्लु झरे
सोलुखुम्बुको खुम्बुक्षेत्रमा जान लागेका सयौँ पर्यटक मौसम प्रतिकूलताका कारण रामेछापमा अलपत्र परेपछि सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा झरेका छन् ।
आईएमई लुटपाट गर्ने सार्वजनिक
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक आईएमई लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छ । फुङ्लिङ बजारको वीरेन्द्रचौकस्थित कञ्चन मनि ट्रान्सफरमा लुटपाट मच्चाउनेमध्ये तीन जनालाई सोमबार साँझ प्रहरीले सार्वजनिक गरेको हो ।
तास खेल्दा साथीको हत्या
दशैंमा तासको हारजितको विवादलाई लिएर झापा बिर्तामोडमा आफ्नै साथीको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
सुनील र राजेन्द्रबीच तेस्रो पटक प्रतिस्पर्धा
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्र्तगत धनकुटामा गठबन्धनको तर्फबाट सङ्घमा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वमन्त्री सुनीलकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ। त्यस्तै नेकपा एमालेका तर्फबाट केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले उम्मेदवारी दर्ता गराउनुभयो। यो उहाँहरूको तेस्रो पटकको प्रतिस्पर्धा हो।
प्रत्यक्षमा महिला उम्मेदवार न्यून
देशको आधा बढी जनसङ्ख्या रहेको महिलालाई राजनीतिक दलले राजनीतिक रूपमा उपेक्षा गरेको पाइएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुनसरीबाट महिला उम्मेदवारको सङ्ख्या न्यून देखिएको छ । जिल्लामा चार प्रतिनिधि सभा सदस्यका लागि ९५ जनाको उम्मेदवारी दर्ता हुँदा १० जना र आठ प्रदेश सभा सदस्यका लागि ११८ जनाको उम्मेदवारी दर्ता हुँदा १८ जना महिलाको मात्रै उम्मेदवारी परेको छ। प्रतिनिधि सभा र प्रदेश सभा गरी २१३ जनाको उम्मेदवारी परेकोमा महिला सङ्ख्या २८ मात्र छ। यहाँ प्रतिनिधि सभा र प्रदेश सभा गरी १३ प्रतिशत महिलाले मात्रै उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्ता भएका मध्ये पनि ठूूला राजनीतिक दलमा नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर ३ मा भगवती चौधरीलाई र सङ्घीय लोकतान्त्रिक मञ्चले राजोदेवी ऋषिदेवलाई प्रतिनिधि सभामा उम्मेदवार बनाएको छ भने बाँकी महिलाले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ। त्यसैगरी प्रदेश सभा तर्फ नेकपा माओवादी केन्द्रले सुनसरी क्षेत्र नम्बर ३ (क) मा सरस्वती पोखरेललाई, राप्रपा नेपालले शिवदेवी सरदारलाई, त्यसैगरी सुनसरी क्षेत्र नम्बर २ (क) मा नेकपा माओवादी पुष्पकमलले शोभा
दलको विकल्प राजनीतिक दल नै हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा राजनीतिक दलको विकल्प अरु हुन नसक्ने बताउनुभएको छ । राजनीतिक दलको विकल्प राजनीतिक दल नै हो उहाँले भन्नुभयो ।
प्रदेश १ मा मनोनयन दर्ता
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।
पाँचथरमा उम्मेदवारी दर्ता उत्साहप्रद, ठूला दलसहित स्वतन्त्रको उम्मेदवारी
पाँचथर जिल्लाका राजनैतिक दलहरुले मंसिर ४ गते हुने प्रदेश प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
इलामबाट खनाल र नेम्वाङको उम्मेदवारी दर्ता
आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि इलाममा आइतबार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि दुई वटा क्षेत्रमा गठबन्धन र नेकपा (एमाले) बीच इलाममा रोचक भीडन्त हुने देखिएको छ ।
एमाले सचिव भट्टराईको उम्मेदवारी दर्ता
ताप्लेजुङबाट नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सचिव भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी मनोनयन दर्ता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
झापा ३ मा कृष्णप्रसाद सिटौला र १ मा अग्नि खरेलको उम्मेदवारी दर्ता
झापाको क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । उहाँ काठमाडौँमा रहेकाले वारेसनामामार्फत् उम्मेद्वारी दर्ता गराउनुभएको बताइएको छ ।
राप्रपा नेत्री रेखा थापाद्वारा उम्मेदवारी दर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेत्री रेखा थापाले मङ्सिर ४ मा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराउनुभएको छ ।
अध्यक्ष ओलीको मनोनयन दर्ता, आर्थिक समृद्धिमा ध्यान दिने प्रतिबद्धता
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले दमक नगरपालिकाभित्र रहेको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नंं. ५ मा गएर आफ्नो उम्मेद्वारी मनोनयन दतौ गराउनुभएको छ । अध्यक्ष ओलीको प्रस्तावकहरुमा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओली र प्रदेश सदस्य अम्बिका खनाल रहनुभएको छ । यसैगरी समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दिपक कार्की हुनुहुन्छ ।
पाँचथरमा उम्मेद्वारी दर्ता शुरु
पाँचथरमा उम्मेद्वारी दर्ता प्रक्रिया शुरु भएको छ । हालसम्म राप्रपा नेपाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्व सङ्घीय लिम्बुवान मञ्चका प्रतिनिधिले उम्मेद्वारी दर्ता गराइसक्नुभएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा झापा ३ मा उम्मेदवारी मनोनयन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको क्षेत्र नम्बर ३ मा आज बिहान ११ बजे उम्मेद्बारी मनोनयन गर्नुभएको छ ।
मोरङका पचास निर्वाचन स्थल अति संवेदनशील
मोरङका राजनीतिक दलका नेताले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगलाई आफ्नो साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन आयोगको कार्यालय प्रदेश १ ले शनिबार ‘निर्वाचन आचारसंहिता २०६९’ सम्बन्धी व्यवस्था, अन्य व्यवस्था र राजनीतिक दल तथा उम्मेदवारसम्बन्धी आयोजना गरेको छलफलमा आचारसंहिता स्वीकार गर्ने बताएका हुन् । राजनीतिक दलका नेताले सामाजिक सञ्जालबाट हुन सक्ने आचारसंहिता विपरीतका गतिविधि रोक्न कडाइ गर्नुपर्ने, नि
ताप्लेजुङमा भट्टराई र बुढाक्षेत्रीबीच प्रतिस्पर्धा हुने
प्रतिनिधिसभा सदस्य ताप्लेजुङमा नेकपा (एमाले) सचिव योगेशकुमार भट्टराई र माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा हुनेभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भट्टराई र बुढाक्षेत्रीले प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएसँगै उहाँहरुबीच प्रतिस्पर्धा हुनेभएको हो ।
झापामा दशैँ मेलाको मुख्य आकर्षण सतार नाच
झापामा परम्परागत सतार नृत्य हराउँदै गएको छ । झापासहित पूर्वका दशैँका मेलाहरुको प्रमुख आकर्षणको रुपमा रहने गरेका परम्परागत सन्थाल अर्थात सतार नृत्य लोप हुने अवस्थामा पुग्दै गएको हो ।
बाबुद्वारा छोराको हत्या
धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ९ मा आफ्नै बुवाले छोराको हत्या गरेका छन् । हत्या हुनेमा पाख्रिवास ९ का ३० वर्षीय सन्तोष ठाडा रहेका छन् ।
ढुङ्गेसाँघुमा वृद्ध मृत अवस्थामा फेला
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु तेल्लाबुङका ७५ वर्षीय मुकुन्द थोप्रा लिम्बू बिहीबार राति मृत फेला परेका हुन् ।
आईएमई लुटपाटमा संलग्न थप दुईजना पक्राउ
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा गएको सोमबार एक आईएमई लुटपाटमा संलग्न थप दुईजना पक्राउ परेका छन् । प्रहरीले एकजनालाई झापाको बिर्तामोड र अर्कोलाई फुङ्लिङ बजारकै हेलिप्याड क्षेत्रबाट बुधबार साँझ पक्राउ गरेको हो ।
मावल टिका लगाउन गएकी बालिकाको सर्पले डसेर मृत्यु
झापाको गौरादह ९ स्थित बैगुन्धुरामा सर्पले डसेर एक वालिकाको ज्यान गएको छ । दमक नगरपालिका वडा नं. २ बाट मावल बैगुन्धुरा दशैमा टिका लगाउन गएकी ८ वर्षीया बालिका श्रुति सापकोटालाई बिहीबार बिहान डेढ बजेतिर भुईँमा सुतिरहेको अवस्थामा गोमन सर्पले टोकेको थियो ।
खेबाङ गोल्डकपको उपाधि लालीगुराँसलाई
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सम्पन्न खेबाङ गोल्डकपको उपाधि सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिमको लालीगुराँस क्लबले जितेको छ।