सवारी दुर्घटनामा २ को मृत्यु
झापामा मोटरसाइकल दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ । बिर्तामोड–२ स्थित बेलडाँगीमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको ज्यान गएको हो ।
खानेपानीको अल्पकालीन व्यवस्थाले लाखौँ रुपियाँ बचत
धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईले आफू निर्वाचित भएदेखि धरानको खोला खोल्सामा अनुसन्धान गरी अल्पकालीन व्यवस्थाको लागि पानी ल्याउने कार्य सुरु गरेसँगै एक महिनामा उपमहानगरको लाखौँ रुपियाँ बचत भएको छ। धरानको स्वस्तिका चोकको खानेपानी ट्याङकीमा निशाने दोभानबाट पानी ल्याएपछि खानेपानी बोर्डले तिर्न‘पर्ने ३४ लाखमा १० लाख रुपियाँ बिजुलीको बिल घटेर आएको खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेलले बताउनुभयो।
रानी–धरान सडक जथाभाबी खोलिएका ‘क्रस पोइन्ट’ बन्द गरिने
रानी–धरान छ लेन सडकअन्तर्गत विराटनगर–इटहरी खण्डमा डिजाइन स्वीकृत गरिएको बाहेक अन्यत्र खुला गरिएका ‘क्रस पोइन्ट’ बन्द गरिने भएको छ । सडक सुरक्षाका हिसाबले डिभाइडर टुक्राएर जथाभाबी राखिएका ‘क्रस पोइन्ट’ जोखिम देखिएको भन्दै यस्तो स्थानमा डिभाइडर राखिने भएको हो ।
ओलीसँग चौबीस जनाको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ ले सबैको ध्यान तानेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ।
शेर्पा सङ्घ ताप्लेजुङ अध्यक्षमा पासाङरिता
नेपाल शेर्पा सङ्घ ताप्लेजुङको अध्यक्षमा पासाङरिता शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
इन्द्रेणी तालमा ‘एड्भेन्चर कोम्बो इभेन्ट’
झापामा पहिलो पटक साहसिक खेल ‘एड्भेन्चर कोम्बो इभेन्ट’ सहितका नौलो कार्यक्रम हुने भएको छ। झापाको दमक–१० स्थित इन्द्रेणी तालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हुने एड्भेन्चर कम्बोसहित म्याराथन दौड, पौडी र बेलुन टप समावेश हुनेछ।
उम्मेदवारमा मुगा गाउँकै वर्चस्व
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका सात जनामध्ये तीन जना तत्कालीन मुगा निवासी छन्। प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराउनुभएका सुनीलबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट दर्ता गराउनुभएका राजेन्द्र राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दर्ता गराउनुभएका कुमारबहादुर थापा यही क्षेत्र निवासी हुनुहुन्छ। सङ्घतर्फ समानुपातिकमा सिफारिस हुनुभएका जनता समाजवादीका नेता अर्जुन थापा र प्रदेशमा सिफारिस हुनुभएका नेपाली कांग्रेसकी नेत्री इन्दिरा थापासमेत यही क्षेत्र निवासी हुनुहुन्छ।
चुनावपछि गठबन्धनले दुई तिहाइको सरकार बनाउँछ : मन्त्री कार्की
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि गठबन्धनले दुई तिहाइको सरकार बनाउने दाबी गर्नुभएको छ।
झापा १ मा शर्मा र खरेलको प्रतिस्पर्धा
नेपाली कांग्रेसका महामन्त्री तथा लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा र एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व कानुनमन्त्री अग्नि खरेलबीच हुने प्रतिस्पर्धालाई रोचक ढंगले हेरिएको छ।
गणतन्त्रवादीको जित आवश्यक छ : नेता सिटौला
नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको सही कार्यान्वयन हुन नसक्दा अहिले पनि परिवर्तनमाथि धावा बोल्ने काम भइरहेको बताउनुभएको छ ।
अस्मि बन्नुभयो ‘सिदिङ्वा डान्स स्टार’
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सञ्चालित ‘सिदिङ्वा डान्स स्टार’ नृत्य प्रतियोगिताको उपाधि अस्मी लिङ्देनले जित्नुभएको छ । निर्णायक चरण (फाइनल) मा नौजना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मीले उपाधि जित्नुभएको हो ।
विराटनगरभित्रको नहर सफाइ
विराटनगर महानगरपालिकाले महानगर क्षेत्र पर्ने सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरको सफाइ सुरु गरेको छ। नहरलाई सफा पारेर छठ पर्वका भक्तजनलाई सफा पानीको प्रबन्ध मिलाउन महानगरले नहर सफाइ सुरु गरेको हो। महानगरले सुनसरी–मोरङ सिँचाइ आयोजनासँग सहकार्यमै नहरको सफाइ थालेको हो। तिहारअगाडि नै महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो। हरेक दिन दुईवटा जेसीबी परिचालन गरेर समयमै नहर सफाइ गरिने भएको हो।
प्रत्यक्षमा दलित उम्मेदवार न्यून
सुनसरीमा प्रमुख राजनीतिक दलहरूले दलित समुदायलाई राजनीतिक रूपमा उपेक्षा गरेको गुनासो आएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुनसरीबाट दलित उम्मेदवारको सङ्ख्या न्यून रहेको देखिएको छ । जिल्लामा चार प्रतिनिधि सभा सदस्यका लागि ९४ जनाको उम्मेदवारी कायम हुँदा पाँच जना र आठ जना प्रदेश सभा सदस्यको लागि १११ जनाको उम्मेदवारी हुँदा ११ जना दलित समुदायका उम्मेदवार रहेका छन् ।
छठ नजिकिएसँगै बाँसका सामग्रीको बिक्री बढ्यो
दशैँ सकिएसँगै सुनसरीको विभिन्न स्थानमा दीपावली र छठको चहलपहल बढेको छ । दीपावली र छठ नजिकिँदै जाँदा यी पर्वलाई लक्षित गर्दै डुम (मरिक) समुदायले बाँसको चोयाबाट बनाएका सामग्रीको बजारमा माग अत्यधिक बढेको छ । माग बढेकाले तराईका हाटबजारमा बाँसको सामग्रीको बिक्री पनि बढेको इनरुवा नगरपालिका–२ का राम मरिकले बताउनुभयो । विगतमा अरू बेला खासै बाँसको सामग्री बिक्री नहुने तर छठ आउन दुई साता बाँकी छँदै हाटबजारमा यी सामग्रीको माग र बिक्री बढेको राम मरिकले बताउनुभयो ।
दुर्घटनामा एकको मृत्यु
पुर्वपश्चिम राजमार्गस्थित झापाको शिवसताक्षी नगरपालिका ९ किरात चौकमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हात्तीको भारी बोकाले बोक्न सक्दैन : नेता सिटौला
नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले अघिल्लो निर्वाचनमा आफू पराजित हुँदा यस क्षेत्रमा विकास निर्माण लगायताको काम हुन नसकेको बताउनुभएको छ ।
पर्यटकको रोजाइमा शेष नाग पोखरी (फोटो फिचर)
ताप्लेजुङ सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको सिद्धि डाँडामा रहेको शेष नाग पोखरी पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो समय सौन्दर्यीकरण गर्न थालिएसँगै पर्यटकको भीड लाग्न थालेको हो ।
अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते
अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ । बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो ।
दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण
जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताउनुभएको छ ।
न घर न माइतीको सम्पर्क
विराटनगर–१९ मा माइती र इटहरी–२ मा घर भएकी गीता गिरी विदेशबाट नेपाल फर्केको पाँच वर्ष बित्यो तर अहिलेसम्म घर र माइतीसँग सम्पर्क छैन। आफन्तले खोजी गर्दै जाँदा अध्यागमन विभागको रेकर्डमा गिरी कतारबाट सन् २०१७–१०–२३ मा नेपाल आएको देखिन्छ। सन् २०१४–०८–२७ मा कतार जानु भएकी गिरी नेपाल फर्केपछि पुनः विदेश गएको विवरण अध्यागमनमा भेटिंदैन।
सडक सञ्जालमा जोडिए उदयपुर र खोटाङ
गाईघाट–दिक्तेल सडकअन्तर्गत उदयपुर र खोटाङ जोड्ने सुनकोसी नदीको फोक्सिन्टारमा मोटरेबल पक्की पुल निर्माणको काम सम्पन्न भएको छ। गाईघाट दिक्तेल सडक आयोजनाका प्रमुख डीई गोपालप्रसाद खकुरेलका अनुसार १२० मिटर लामो सो पुलको बिहीबार अपराह्न स्ल्याब ढलानको काम सम्पन्न भएको हो।
पाँचथरमा छानिए एक हजार १२ म्यादी प्रहरी
मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि पाँचथरमा एक हजार १२ जना म्यादी प्रहरी छानिएका छन् ।
सुनकोसी–मरिण डाइभर्सन निर्धारित समयमै सम्पन्न हुन्छ : मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्धारित समयमा नै निर्माण सम्पन्न हुने बताउनुभएको छ ।
जलथल वनमा नौ प्रकारका नयाँ वनस्पति फेला
झापाको चारकोसे झाडीको रुपमा परिचित जलथल वनको जैविक विविधताको विस्तृत अध्ययन गर्ने क्रममा यहाँभित्र विभिन्न प्रकारका नयाँ खोजहरु पत्ता लागेको जनाइएको छ । रूखका छ वटा र अन्य साना वनस्पतिका तीन वटा नयाँ प्रजातिहरु फेला परेको बताइएको हो ।