विद्यालय नआउने प्रधानाध्यापकलाई पदबाट हटाइयो
खिजिदेम्बा गाउँपालिका–९ पात्लेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापकलाई पदबाट हटाइएको छ । विद्यालयमा नियमित उपस्थित नहुनुभएकाले प्रधानाध्यापक रामदेब चौधरीलाई प्रअको जिम्मेवारीबाट हटाइएको हो ।
अल्टिच्युड एयरको हेलिकोप्टर प्रहरी नियन्त्रणमा
सङ्खुवासभाको हटियामा अवतरण गरिएको अल्टिच्युड एयरको हेलिकप्टर प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले दिएको उडान अनुमतिअनुसार उडान नभरी सिधै निषेधित क्षेत्रमा गएपछि प्रहरीले हेलिकोप्टर नियन्त्रणमा लिएको हो ।
सर्वपक्षीय सहयोगबाट निर्वाचन सफल
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सर्वपक्षीय सहयोगका कारण गत मंसिर ४ गते सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।
सवारी दुर्घटना हुँदा ११ जना घाइते
धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
मुख्यमन्त्री कार्कीद्वारा शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराउनुभएको हो ।
इलामको सुकिलुम्बा विमानस्थलबाट साप्ताहिक उडान हुने
इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक रुपमा उडान भर्ने भएको छ । माघको पहिलो साताबाट साप्ताहिक रुपमा उडान भर्ने गरी इलाम नगरपालिका र एयरलाइन्सबीच सहमति भएको हो ।
अख्तियारमा सङ्घीय मामिलासम्बन्धी सबैभन्दा बढी उजुरी
गत आर्थिक वर्षमा एक नम्बर प्रदेशमा सङ्घीय मामिलासम्बन्धी सबैभन्दा बढी उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा २ हजार २४ उजुरी मध्ये सङ्घीय मामिलासम्बन्धी ९ सय ५९ उजुरी रहेका तथ्याङ्क छ ।
चोरी पैठारी आरोपमा एघार जनाविरुद्ध मुद्दा
विराटनगर भन्सार कार्यालयले खुला सीमा क्षेत्रबाट चोरी तस्करी गरेको आरोपमा ११ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । गत महिना विराटनगर महानगरपालिका–१५ को ३ नम्बर ढाटमा भन्सार गस्तीमाथि आक्रमण गर्नेविरुद्ध भन्सार कार्यालयले मुद्दा दर्ता गरेको हो । भन्सार कार्यालयका कर्मचारीमाथि मङ्सिर २३ गते राति आक्रमण प्रयास भएको थियो । त्यसको तीन दिनपछि विराटनगर–१७ का मोहमद सदाम मियाँलाई सीसीटीभी फुटेजका आधारमा प्रहरीले पक्राउ गरेर भन्सार कार्यालयमा बुझाएको थियो ।
नापतौलका यन्त्र परीक्षण
पाँचथरमा चार वर्षपछि नापतौलका यन्त्रको जाँचसँगै दर्ता र नवीकरण गरिएको छ। गुणस्तर तथा नापतौल विभागले जिल्ला सदरमुकाम फिदिम, याङवरक र हिलिहाङका बजारमा यस्तो काम गरेको हो। विभागले स्थानीय उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा मिटर, लिटर र ढक तराजुजस्ता यन्त्र मापदण्डअनुसार भए नभएको जाँच गर्दै कम तौल भएका यन्त्र मिलाउने, दर्ता र नवीकरण नभएकाको नवीकरण गर्ने र दर्ता नगरी चलाइएका यन्त्र दर्ता गर्नेलगायतका काम गरेको हो।
वडामा दोहोरो जिम्मेवारी
धनकुटाको शहीदभूमि गाउँपालिका–१ का वडा सचिव अहेव (अब्जुलेरी हेल्थ वर्कर) सुमितकुमार रामलाई सेवा प्रवाह गर्न निकै कठिन छ। उहाँ एकैले वडा तथा स्थानीय स्वास्थ्य चौकीमा सेवा प्रवाह गर्नुपर्ने हुन्छ। स्थानीय स्वास्थ्यचौकीमा कार्यरत उहाँलाई वि.सं. २०७६ माघदेखि वडाको निमित्त वडा सचिवको जिम्मेवारीसमेत थमाइयो। त्यसपछि उहाँले निरन्तर वडा र स्वास्थ्य चौकीमा गरी दुईतिर सेवा प्रवाह गर्दै आउनुभएको छ। वडा कार्यालय र स्वास्थ्य चौकीको करिब एक घण्टाको पैदल दूरीमा रहेको छ।
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त
नेकपा (एमाले)का स्थायी समितिका सदस्य हिक्मतकुमार कार्की प्रदेश नम्बर १ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार अपराह्न नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।
ओखलढुङ्गामा बन्यो ‘डम्फु पार्क’
ओखलढुङ्गाको मूलखर्कमा १० लाख खर्च गरेर ‘डम्फु पार्क’ निर्माण गरिएको छ । तामाङ समुदायको बाहुल्य रहेको सुनकोसी गाउँपालिका–५ मूलखर्कमा १० लाख खर्च गरेर पार्क निर्माण गरिएको हो ।
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी : ६० सांसदको समर्थन
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्नुभएको छ।
जिल्लामा प्रथम हुने विद्यार्थीलाई सम्मान
ताप्लेजुङमा २०७८ को एसईईमा जिल्लामा प्रथम हुने विद्यार्थीलाई सम्मान गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) ताप्लेजुङले ३२ औं स्थापना दिवसको अवसरमा एसईईमा प्रथम हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।
महिला सहकारीको ३४ लाख चोरी, व्यवस्थापक नियन्त्रणमा
मोरङको मिक्लाजुङ गाउँपालिका –३ टाँडीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ लाख रुपियाँ चोरी भएको छ । शुक्रबार राति सहकारीको पैसा राख्ने भल्ट कार्यालय नजिकै फेला परेपछि सहकारीको पैसा चोरी भएको थाहा भएको थियो । ब्यवस्थापकको जिम्मामा रहेको ३४ लाख रुपियाँ चोरी भएपछि सहकारीका व्यवस्थापक मेनुका नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोरोनाले बन्द साप्ताहिक हाट दुई वर्षपछि पुनः सुरु
रावाबेंसी गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा पुनः साप्ताहिक हाट सञ्चालनमा आएको छ । कोभिड–१९ को कारण बन्द भएको साप्तहिक शुक्रबारे हाट आजबाट पुनः गाउँपालिकाले सञ्चालनमा ल्याएको हो ।
चालू पुँजी कर्जा मार्गदर्शन संशोधनमा उद्योगी दुई धार
विराटनगरका उद्योगीले नेपाल राष्ट्र बैङ्कले चालू पुँजी कर्जा मार्गदर्शनको संशोधनलाई अपूर्ण भन्दै खारेजीको माग गरेका छन् । पछिल्लो संशोधनलाई विराटनगरका केही उद्योगीले सकारात्मक भन्दै स्वागत गरे पनि अर्का एकथरी उद्योगीले खारेजीको माग गरेका हुन् । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले संशोधनको धेरै बुँदा जटिल रहेकाले यस मार्गदर्शनलाई स्थगित वा खारेज गर्नुपर्ने माग गर्नुभयो ।
गाईघाटमा गाईको प्रतिमा
त्रियुगा नगरपालिकाले गाईघाट बजारको मुख्य चोकमा स्थानीय पहिचान झल्किने गाईको प्रतिमासहितको स्तम्भ निर्माण गरेको छ। नगरपालिकाको करिब १९ लाख रुपियाँको लागतमा राष्ट्रिय जनावर गाईको बाच्छोसमेत निर्माण गरिएको उक्त स्तम्भसहितको प्रतिमा त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले एक समारोहका बीच शनिबार अनावरण गर्नुभएको छ।
हुँदैन शनिबार बिदा
धनकुटा नगरपालिका–९, मूलघाटमा रहेको कौशिकी निम्न माध्यमिक विद्यालयमा शनिबार अर्थात् सार्वजनिक बिदाको दिनसमेत पठनपाठन हुने गरेको छ। यो विद्यालयमा शनिबारको साटो बुधबार साप्ताहिक सार्वजनिक बिदा दिइने गरिएको छ। यो चलन नयाँ भने हैन। विद्यालय स्थापना कालदेखि नै स्थानीय हटियाको दिन पारेर बिदाको सुरुवात गरिएको थियो। बुधबार सो क्षेत्रमा बुधबारे हटिया लाग्ने गरेको छ। सोही हटियालाई लक्षित गरी बुधबार सार्वजनिक बिदा दिने गरिएको हो। “विद्यालय स्थापनादेखि नै विद्यालय बुधबार साप्ताहिक बिदा दिइने गरिएको छ, अहिले पनि त्यसैलाई निरन्तरता दिइरहेका छौँ,” कौशिकी निम्न माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जयप्रसाद लिम्बू भन्नुहुन्छ।
अलैंची व्यवसायी संघ ताप्लेजुङ जिल्ला अध्यक्षमा रेग्मी
नेपाल अलैंची व्यवसायी संघ ताप्लेजुङको अध्यक्षमा भद्रवीर रेग्मी चयन हुनुभएको छ।
हिउँ नपर्दा बुङ आलुखेती गर्ने किसानलाई सहज
हिउँ नपर्दा बुङ आलुखेती गर्ने किसानलाई सहज भएको छ । गत वर्षको तुलनामा यस वर्ष चाँडै हिउँ नपर्दा बुङ्गा आलु खेती गर्ने किसानलाई सहज भएको हो ।
रतुवा खोला अवैध उत्खनन
झापाको दमक र इलामको चुलाचुलीको सीमाबाट बग्ने रतुवा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन भएको पाइएको छ। खोलामा अवैध रूपमा जेसीबीको प्रयोग गरेर बालुवा तथा खोलाजन्य पदार्थ झिकिरहेको सूचना पाएपछि निरीक्षणमा गएर त्यो रोक्न निर्देशन दिइएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो।
सामूहिकरूपमा भोजन गर्न बसेका बटुकहरू
मोरङ जिल्लाको लक्ष्मी नारायण वेदविद्याश्रम गुरुकुल विराटनगर–११ पाञ्चालीमा शुक्रबार सामूहिक रुपमा भोजन गर्न बसेका बटुकहरु
श्रीमतीद्वारा स्वर्गीय श्रीमानको काजकिरिया
नेपाली हिन्दु संस्कारअनुसार छोराले बुबाआमाको काजक्रिया गर्ने चलन छ । पछिल्लो समय छोरीले पनि आफ्नो बुवाआमाको मृत्यु पश्चात काजक्रिया गर्न थालेको सुनिन्छ । तर श्रीमतीले आफ्नो श्रीमानको काजक्रिया गरेको घटना कमै सुनिन्छ । ओखलढुङ्गामा सिद्धिचरण नगरपालिका –१२ की ५८ वर्षीया सुमित्रादेवी श्रेष्ठले आफ्नो ५४ वर्षीय श्रीमान तिलकबहादुर श्रेष्ठकोे काजक्रिया गर्नुभएको छ ।