• १२ साउन २०८१, शनिबार

हाफ म्याराथनमा दिवस र पेम्बाल्हमु प्रथम

blog

हाफ पुरुष तथा महिला म्याराथनका विजेताहरु। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १५ गते। ताप्लेजुङमा तमु ल्होसार अवसरमा आयोजित पुरुष हाफ तथा महिला म्याराथन (दौड) प्रतियाेगितामा पुरुषतर्फ दिवस लिम्बू र महिलातर्फ पेम्बाल्हामु शेर्पा प्रथम हुनुभएको छ। पुरुष हाफ म्याराथनमा निर्धारित दूरी एक घण्टा २० मिनेटमा पार गर्दै दिवस र महिलाका लागि निर्धारित दूरी ५३ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै पेम्बाल्हामु प्रथम हुनुभएको हो। 

आयोजकका अनुसार पुरुषका लागि २१ किलो मिटर र महिलाका लागि नौ किलोमिटर दूरी निर्धारण गरिएको छ। पुरुषतर्फ एक घण्टा १८ मिनेटमा दूरी पार गर्दै सुगम पतङ्वा लिम्बू द्वितीय हुनुभएको थियो। दीपेन्द्र सुजी र छत्रबहादुर कार्की क्रमशः तृतीय र चौथो (सान्त्वना) हुनुभएको आयोजकले जनाएको छ।

यस्तै महिला दौडतर्फ ५६ मिनेट ५१ सेकेण्डमा निर्धारित दूरी पार गर्दै आरती गुरुङ द्वितीय हुनुभयो भने निमाजङ्मु शेर्पा र छिरिङडोमा शेर्पा क्रमशः तृतीय र सान्त्वना हुनुभयो। पुरुषतर्फ प्रथम हुनेले १२ हजार रुपियाँ नगद पुरस्कार पाउनुभयो। यस्तै पुरुषतर्फ नै आठ हजार, पाँच हजार र तीन हजार रुपियाँ क्रमशः द्वितीय, तृतीय र सान्त्वना हुनेले पुरस्कार रकम पाउनुभयो। 

महिलातर्फ क्रमशः प्रथम हुनेले आठ हजार, द्वितीयले चार हजार, तृतीयले तीन हजार र सान्तावना स्थान ल्याउनेले दुई हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ। म्याराथनमा पुरुषतर्फ ३१ र महिलातर्फ १० जनाले सहभागिता जनाएका थिए।