• ३० वैशाख २०८१, आइतबार

दिगो बजारीकरणमा सहयोग गर्न सरकारसँग किसानको आग्रह

blog

हिले, पुस ९ गते । धनकुटाका किसानले एकल उत्पादन र सामूहिक व्यवस्थापनसँगै दिगो बजारीकरणमा सहयोग गर्न किसानहरूले सरकारसँग आग्रह गरेका छन् ।

नेपाल कृषि बजार विकास कार्यक्रमको सहयोगमा जालापादेवि कृषि सहकारी संस्थाले धनकुटामा शुक्रवार आयोजना गरेको बजार सञ्चालन कार्यविधि सम्बन्धमा पालिका स्तरीय सरोकारवालासँगको छलफल कार्यक्रममा उनीहरूले यस्तो अनुरोध गरेका हुन । व्यवस्थित र दिगो बजारीकरणको लागि आवश्यक पहल गरिदिन उनीहरूले स्थानीय सरकार समक्ष माग गरेका छन् । 

बिचौलियाका कारण तरकारी, फलफूल तथा दूध उत्पादक किसानले उत्पादनको लागत नै नपाउने र उपभोक्ताले समेत चर्को मूल्य तिर्नु परिरहेको गुनासो उनीहरूको छ । कृषक तथा हरियो तरकारी व्यवस्थापन समितिका सचिव धनन्जउ चापागाईँले किसानहरूबाट उत्पादित हरियो तरकारी बजार प्रतिस्पर्धी बनाई  लगानी अनुसारको उचित मुनाफा प्राप्त गर्न दिगो बजारीकरणको व्यवस्था गरिदिन पनि उनीहरूले सरकार समक्ष माग गर्नु भयो 

सामूहिक बजारी करणका लागि संस्थागत संरचना तयार नहुँदा आफूहरू सधैँ ठगिने गरेको हुँदा उत्पादक, आपूर्तिकर्ता र सङ्कलन केन्द्रलाई व्यवस्थित गरी कृषि उपज बिक्रीका विद्यमान समस्या समाधान गर्नका लागि दिगो र संस्थागत संरचना बनाइनु पर्ने माग उनीहरूको छ ।

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।