• १६ वैशाख २०८१, आइतबार

ट्राउट माछालाई बजार अभाव

blog

छथरजोरपाटी गाउँपालिका ६ सिधुवा बजार नजिकै जुना श्रेष्ठलेले सुरु गरेको रेम्बो ट्राउट माछा फार्म । तस्बिर: कविराज

हिले, फागुन २६ गते । उच्च क्षेत्रमा मात्र हुने रेम्बो ट्राउट माछाको लागि बजार अभाव हुँदा कृषक समस्यामा परेका छन् । लगानी बढी हुने भएकाले महँगो मूल्यमा बिक्री वितरण गर्नु पर्ने हुन्छ । तर माछा महँगो मूल्यमा बिक्री वितरण नै नहुने धनकुटा सिधुवाको रेम्बोट्राउट माछा कृषक जुना श्रेष्ठ बताउनु हुन्छ । उहाँले छथरजोरपाटी गाउँपालिका ६ सिधुवा बजार नजिकै करिब १५ लाख रुपैयाँ लगानी गरी चार रोपनी क्षेत्रफलमा गत वर्ष १५ हजार भुरा हालेर माछा पालन सुरु गर्नु भएको हो । 

अहिले करिब १० हजार माछा बिक्री गर्ने अवस्थामा छन् तर अहिले बिक्री गर्ने बेलामा यो माछा बिक्री वितरण गर्नु पर्ने भए पनि अहिले सम्म कतैबाट माग नै नआएको उहाँको गुनासो छ । “मैले धनकुटा सहित तराईका विभिन्न होटेल र माछा वितरक सँग बिक्रीको लागी सम्पर्क गरिसके तर कसैले किन्ने चासो नै देखाउँदैनन्” श्रेष्ठ भन्नु हुन्छ । अहिले सम्मको खर्चको आधारमा कम्तीमा पनि प्रति किलो १४ सय रुपियाँमा बिक्री गर्नु पर्ने हुन्छ । 

यो मूल्यमा बिक्री नगरे घाटा हुने उहाँको भनाई छ । यो माछालाई सफा ठाउँ, स्वच्छ चिसो पानी, दाना आदिको प्रबन्ध गर्ने पर्ने हुन्छ । यो माछा पहाडी उच्च छेत्रमा  पालन हुने गरेको छ । धनकुटा तेह्रथुम लगायतका उच्च क्षेत्रका केही ब्याक्ति ट्राउट माछा पालन सुरु गरेर बिक्री गर्न नसक्दा व्यवसायबाटै पलायन हुने  गरेका छन् ।

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।