• २३ असार २०८१, आइतबार

खोटाङमा बस दुर्घटना : ६ घाइते, एकको अवस्था गम्भीर

blog

राजकुमार भट्टराई

खोटाङ, पुस १० गते । उदयपुरको गाइघाटबाट खोटाङको दिक्तेल आउँदैगरेको बस दुर्घटना भएको छ । प्रदेश १– ०५–००१ ख ००१७ नम्बरको यात्रुवाहक बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपामा दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बुइपा दिक्तेल सडक खण्ड अन्तर्गत माथिल्लो बुइपामा सडकबाट करिब ५ मिटर तल बस खसेको छ । आइतबार बिहान १०:४० बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई जिल्ला प्रहरी कार्यालय र बुइपा प्रहरी चौकीबाट खटिएको प्रहरीले उद्धार गरेको डिएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

घाइते हुनेमा दिक्तेल रुपाकोट मझुवागढी न.पा. १४ खिरिका वर्ष २९ का वीरेन्द्र घिमिरे, सोही ठाउँका २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेसी गाउँपालिका–२ खार्पाका २० वर्षीय कुशल सार्की, दिरुमनपा १५ का ७३ वर्षीय आइते सार्की, सोही ठाउँका २७ वर्षीया सुस्मिता ढुङ्गाना र हलेसी तुवाचुङ नगरपालिका –११ का रेनुका भुजेल रहेका छन् ।

घाइतेमध्ये वीरेन्द्र घिमिरेको अवस्था गम्भीर रहेको छ । वीरेन्द्रसँगै दिलकुमारी र गर्भवतीसमेत रहनुभएकी रेनुकालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । अन्य घाइतेको स्वास्थ्यचौकी बुइपामा उपचार भइरहेको डिएसपी मुकारुङले बताउनुभयो । सह–चालकले बस चलाएका कारण दुर्घटना भएको यात्रुहरूले बताएका छन् । बस दुर्घटना पश्चात् चालक र सहचालक फरार भएका छन् ।